
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले वर्ष २०२१ को जेसीज सप्ताह आइतवारबाट सुरु गरेको छ ।
दीपेन्द्र प्राविमा आयोजित शैक्षिक तथा खेलकुद सामाग्री वितरणसहित यो वर्षको जेसीज सप्ताह सुरु भएको हो । शाखाको तर्फबाट विद्यालयलाई खेलकुदका विभिन्न सामाग्री तथा कपि, पेन्सिल, ज्यामिति, लेजरलगायतका सामाग्रीहरु वितरण गरिएको थियो । शाखाको तर्फबाट विद्यालयका प्रधानाध्यापक शान्ता निरौलालाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
शाखाका अध्यक्ष दिपक बरालको सभापतित्व तथा बाहुण्डाँगी गाविसका पूर्व अध्यक्ष तथा सामाजिक व्यक्ति निलकण्ठ तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शान्ता निरौलाले विद्यालयलाई सम्झेर सहयोग गरेकोमा आभार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम संयोजक प्रविण भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव केवल निरौलाले गरेका थिए ।

सप्ताह अन्तर्गत सोमवार हात्ती रिसोर्टमा नयाँ सदस्यलाई स्वागत तथा तालिमको आयोजना गरिएको मुल आयोजक समितिका कार्यक्रम संयोजक हेमन्त मोक्तानले बताउनु भयो । तालिम लेखक उज्वल प्रसाई र धुलावारी जेसीजका पूर्व अध्यक्ष अनन्त वस्तीले दिनु हुनेछ ।
कार्यक्रममा शाखाका निवर्तमान अध्यक्ष सागर कार्की, कार्यक्रम संयोजक हेमन्त मोक्तान, तालिम संयोजक बेग सुनुवार, केदार सुनुवार, विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।
