
झापा, जेष्ठ २० । मेचीनगरमा जारी प्रथम मेचीनगर खेलकुद महोत्सव नगरस्तरीय अन्तरमावि छात्र तथा छात्रा फुटबल प्रतियोगितामा सोमबार फाईनल खेल सम्पन्न भएको छ ।
काँकरभिट्टा माविको खेलमैदानमा भएको फुटबल प्रतियोगितामा छात्र तर्फ काकँरभिट्टा माविले २–१ गोल अन्तरले ईष्ट होराइजन मावि धुलाबारीलाई पराजित गरेको थियो । दुवै टिमका एक एक जनाले रेडकार्ड पाउदै दश दश जना खेलाडीमा सिमित भएको थियो । खेलको ३० औ मिनेटमा रेडकार्ड पाउदै काँकरभिट्टा माविका मुन्ना सरदारले मैदान छाडेका थिए । ३५ औं मिनेटमा ईष्ट होराइजनका निशान्त प्रधान पनि रेडकार्ड पाए संगै मैदान बाहिरेका थिए ।
काकँरभिट्टाको तर्फ बाट खेलको २४ औ मिनेटमा रिजन मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ३० औं मिनेटमा दिनेश मुर्मुले गोल गर्दै काकँरभिट्टाको अग्रता दोब्बर बनाए । खेलको ३६ औ समनेटमा ईष्ट होराइजनका सुशिल लिम्बुले गोल गर्दै टिमलाई लयमा ल्याउने प्रयास गरेका थिए । खेलको म्यान अफ दि म्याच काकँरभिट्टा माविका सुरेन तामाङ्ग घोषीत भए ।

त्यसै गरी छात्रा तर्फको फाईनल खेलमा ईष्ट होराइजन माविले १–० गोल अन्तरले काकँरभिट्टा माविलाई पराजित गर्न सफल भयो । खेल सुरु भएको दोस्रो मिनेटमा नै ईष्ट होराइजनले पेनाल्टी उपहार पाउदा अञ्जिता तामाङ्गले जाली चुमाउन सफल भईन् । खेलको ह्युमेन अफ दि म्याच अञ्जिता तामाङ्ग भईन ।

