
झापा , जेष्ठ १९ । गौतम समाज कमल गाउपालिका झापाको अध्यक्षमा शिक्षासेवी त्रिलोचन गौतम चयन हुनु भएको छ ।
गौतम समाजको शनिबार बसेको भेलाले त्रिलोचन गौतमको अध्यक्षतामा दुई बर्षे कार्यकालका लागि ११ सदस्यीय नया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष दिपा गौतम, सचिव ओम प्रकाश गौतम उपसचिव खेम गौतम र कोषाध्यक्षमा भूमिका गौतम चयन हुनु भएको छ । त्यसै गरी सदस्यहरुमा हरिप्रसाद गौतम, कौशिला गौतम, आनन्द सन्तोष गौतम, भुपेन्द्र गौतम, सुमन गौतम रहनु भएको छ । एक जना सदस्य भने समितिको पुर्ण कमिटिको पहिलो बैठकबाट चयन गर्ने भएको छ ।

सल्लाहकार संयोजकमा छविलाल गौतम चयन हुनु भएको छ । संस्थापक सचिव तथा जेष्ठ नागरिक छविलाल गौतमको अध्यक्षतामा आयोजना भएको भेलामा गौतम समाज झापाका अध्यक्ष हरिप्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला कोषाध्यक्ष मुना गौतम, सदस्य बिष्णु प्रसाद गौतम, जयनारायण गौतमलगायतको आतिथ्यता रहेको थियो । ओम प्रकाश गौतमले स्वागत गरेको कार्यक्रम सञ्चालन गौतम समाज झापाका सचिव नितिरमण गौतमले गर्नु भएको थियो ।

