संघ \संस्था

राजवंशी समाजको छैटौं नगर अधिवेशन सम्पन्न

झापा, माघ २४ । राजवंशी समाज विकास समिति मेचीनगरको छैटौं नगर अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

मेचीनगर १० स्थित धुलाबारीको कोलोनीमा सम्पन्न अधिवेशनको उद्घाटन प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले आफ्नो जातिय पहिचान, संस्कार र संस्कृतिको संरक्षणमा समुदाय स्वयम् जुटनुपर्ने बताए । उनले पछिल्लोसमय जातिय भाषा, संस्कार र संस्कृतिको विकास हुँदै गएको भन्दै संगठित हुन अनुरोध गरे ।

कार्यक्रममा राजवंशी समाजका जिल्ला उपाध्यक्ष दिनेश्वर राजवंशी, नेपाली काँग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, समितिका निवर्तमान अध्यक्ष दिनेश राजवंशीलगायतले बोलेका थिए । कार्यक्रममा जातिय संस्कार र संस्कृति झल्कने एकल तथा सामूहिक नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा घुङगुरा ग्रुपको स्वागत नृत्य प्रस्तुत गरियो ।

तदर्थ समितिका संयोजक धर्मलाल राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर वडा नम्बर ८ का अध्यक्ष विकेन्द्र धिमाल, राजवंशी समाज विकास समितिका केन्द्रीय सल्लाहकार कुवेरप्रसाद राजवंशी, कर्ण राजवंशी, पानीलाल राजवंशी, राष्ट्रिय जनता पार्टीका नगर अध्यक्ष अनिल राजवंशीलगायतको आतिथ्यता थियो ।

सचिव महलाल राजवंशीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सदस्य जसना राजवंशी र जीतेन्द्र राजवंशीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.