झापा, माघ २४ । मेचीनगर १३ स्थित माउण्ट पोइन्ट इङलिस स्कुलको को ११ औं वार्षिक उत्सव विविध कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामनाथ बरालको सभापतित्व तथा प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विद्यार्थीहरुले सामूहिक तथा एकल नृत्य तथा चेतनामूलक नाटक प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले राईम्स, फेशन शोलगायत विभिन्न प्रस्तुति रहेको थियो । निर्मला पन्तको हत्याको विषयमा प्रस्तुत गरिएको नृत्यले सहभागीहरु भावुक बनेका थिए । कार्यक्रममा देवभूमि विद्यापिठ अंग्रेजी माविका शिक्षक राजेन्द्र प्रसाइं, स्वस्तिका शिशु सदनका निर्देशक बसन्त श्रेष्ठ, सुनगाभा अंग्रेजी मावि बिर्तामोडका मिलन श्रेष्ठलगायतको आतिथ्यता थियो ।
विद्यालयका प्रिन्सिपल सुमन थापाले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन विद्यार्थीहरु मनिषा सापकोटा, स्मृति सुनुवार, प्रजु घिमिरे र आस्था निरौलाले संयुक्त रुपमा गरेका थिए ।

