राजनीति

एमाले क्षेत्र नम्बर १ बाट सर्वसम्मत छानिए महाधिवेशन प्रतिनिधि

मेचीनगर । नेकपा एमालेको झापा क्षेत्र नम्बर १ बाट दशौं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । एमाले क्षेत्र नम्बर १ का नेतृत्वसंग छलफल र समन्वय गरेर सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको एमालेले जनाएको छ ।

झापा क्षेत्र नम्बर १ बाट दशौं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा प्रतिनिधि छनोट भएकाहरुमा खुल्ला तर्फ हरिचरण बानियाँ, निलकण्ठ तिवारी, गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, असारु राजबंशी र राजु कार्की तथा महिला तर्फ मिना उप्रेती र मिरा भुर्तेल छनोट भएका छन् ।

अब चुनिएका यिनै छ प्रतिनिधीहरु नेकपा एमालेको दशौं महाधिवेशनमा भाग लिन पाउने छन् ।