संघ \संस्था

स्वरोजगार साकोस धुलाबारी सेवा केन्द्रको १४ औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था धुलाबारी सेवा केन्द्रको १४ औं वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । मेचीनगर–१० धुलाबारी स्थित मेची उद्योग बाणीज्य संघको सभाहलमा आयोजित वार्षिक साधारण सभाको उद्घाटन नेपाल सहकारी बैकका सञ्चालक दुर्गाप्रसाद सापकोटाले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सापकोटा, विशिष्ट अतिथिहरु धुलाबारी खानेपानी सस्थाका महासचिव कन्चन तामाङ, जिल्ला लघु उधमी महासंघ
झापाकी अध्यक्ष निर्मला चौहान (भण्डारी) ले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरीक, एकल महिला, एकल पुरुष, उत्कृष्ट बचत कर्ता, असल ऋणी र बाल वचत कर्ता विधाका ५० जनालाई सम्मान गरिएको थियो ।

स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था धुलाबारी सेवा केन्द्रका अध्यक्ष सुरेन्द्र बुडाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रमकोे सञ्चालन संस्थाका केन्द्रीय सचिव मनोज भट्टराईले गरेका थिए ।