संघ \संस्था

इमाडोल जेसीजको अध्यक्षमा इच्छा गुरुङ निर्वाचित

बाहुण्डाँगी । इमाडोल जेसीजका लागि २०२२ को अध्यक्षमा इच्छा गुरुङ निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको १० औँ बार्षिक साधारणसभाबाट गुरुङ सर्वसम्वत अधयक्षमा निर्वाचित हुनु भएको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा कृति भट्टराई, सुमित्रा ढुङ्गाना
निर्वाचित भएका निर्वाचन आयुक्त सोनितराज ढुङ्गेलले बताउनु भयो । यसैगरी, नवनिर्वाचित अध्यक्ष गुरुङले महासचिवमा सुजन माइकल श्रेष्ठ, कोषाध्यक्षम बिना दाहाल र कानुनी सल्लाहकारमा सोनितराज ढुङ्गेललाई मनोनित गर्नु भएको छ ।
शाखाका अध्यक्ष सुदन थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष साबित्री ढुङ्गाना समेत सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव सञ्जु कुइँकेलले गर्नु भएको थियो ।