विविध

खोला ठेक्का प्रकरण : जनताको अवरोध पछि वडा अध्यक्ष कुटिए

बिर्तामोड । अनधिकृत खोला खन्न थालिएपछि अर्जुनधारा सिस्ने निवासी जनताले स्काभेटर र ट्रीपर कब्जामा लिएर फर्काएपछि वडा अध्यक्ष कुटिएका छन् । 

अर्जुनधारा नगर पालिकाले नगरभित्रका खोलाबाट नदिजन्य पदार्थ निकाल्नका लागि ९ करोडमा ठेक्का लगाएको छ। तर स्थानीयबासीसग समन्वय नगरी खोला खन्न थालिएपछि उनीहरुले आपत्ति जनाउदै थिए । सोही क्रममा कैजले वरपरका बासिन्दाले खोला खन्न रोक लगाएको केही दिन नबित्दै नेते खोलामा पनि रोकिदिएका छन् । 

नगरपालिकाले मापदण्ड बिपरित खोला खन्ने ठेकेदारको कदममा रोक नलगाएकोमा स्थानीयले बिरोध गर्दै आएका छन् । यसै बिसयमा वडा न १ स्थित नेते खोलालाई गहिर्याउदै कानुन बिपरित खोलामा स्काभेटर प्रयोग गरेपछि स्थानीयले सबारीका साधनलाई काम गर्नबाट रोके ।

त्यस पछि खोला खन्ने काममा लागेको समुहले वडा न १ का अध्यक्ष गजाधर खतिवडामाथी हातपात गरेका थिए ।