संघ \संस्था

चारआली जेसीजलाई जेसीज अफ द मन्थको अवार्ड

बाहुण्डाँगी । नेपाल जेसीजले २०२२ को जनवरी महिनाको अवार्ड सार्वजनिक गरेको छ । बुधवार सार्वजनिक अवार्ड अनुसार एरिया एरिया ए को पहिलो महिनाको अवार्ड चारआली जेसीजले प्राप्त गरेको छ । एक महिनाको अवधीमा शाखाले गरेको कार्यसम्पादनको आधारमा नेपाल जेसीजले अवार्ड प्रदान गर्ने चलन छ । शाखाबाट प्राप्त रिपोर्टका आधारमा यस क्षेत्रका ४१ वटा शाखा मध्ये चारआली जेसीज उत्कृष्ट घोषित हुँदै अवार्ड प्राप्त गरेको हो । अवार्ड प्राप्त पछि शाखाका अध्यक्ष विरु बेगाले अझ उर्जा प्राप्त भएको र आउँदा दिनमा सामाजिक क्षेत्रमा काम गर्ने बताउनु भयो । साथै अवार्ड प्राप्त गर्न सहयोग गर्ने संस्थाका सबैप्रति आभार व्यक्त गर्नु भयो ।