स्वास्थ्य

पत्रकार पकुवालको निधन

भद्रपुर । भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवालको आज विहान निधन भएको छ ।

केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपण उपचार पश्चात पत्रकार पकुवाल घरमै बसेर पत्रकारितामा कार्यरत थिइन् ।

एक साता अघि रुघाखोकी र निमोनिया संक्रमणले सताएपछि उनलाई सुरुमा मेची अस्पताल र त्यसपछि ओमसाई पाथिभरा हस्पिटलमा भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा नियमित डाइलासिस भइरहेको थियो ।

ओमसाई हस्पिटलको आइसीयुमा राखेर उपचार भइरहेकै अवस्थामा सोमवार विहान उनको निधन भएको पारिवारिक स्रोतबाट थाहा भएको छ ।

उनी नेपाल पत्रकार महासंघ झापा, प्रेस चौतारी झापा, नारी सञ्चार गृह झापा, भद्रपुर प्रेस क्लव लगायतका संस्थामा आवद्ध रहेकी थिइन् ।