झापा । पत्रकार बिरेन्द्र न्यौपानेलाई पितृशोक परेको छ । उनका बुवा बिश्वनाथ न्यौपानेको आइतबार ६२ बर्षको उमेरमा निजी निवासमा निधन भएको हो । दम रोगले ग्रस्त उनको उपचारको क्रममा निधन भएको हो ।
उनकी श्रीमती चित्रा, दुई छोरा बिरेन्द्र र सुरेन्द्र र छोरीहरु कमला र बिमला रहेका छन् । उनको आइतबार नै स्थानीय नदीमा अन्तिम दाहसंस्कार गरिएको छ ।

