संघ \संस्था

गौरादह जेुसीजद्धारा महिला सम्मान तथा कानुनी परामर्श

बाहुण्डाँगी । गौरादह जेसीजले ११२“अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा १ दिवसीय कानुनी परामर्श र महिला सम्मान कार्यक्रम गरेको छ ।
तालीम कार्यक्रमको सहजीकरण अधिवक्ता तथा महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष कबिता बस्तोलाले गर्नुभएको थियो । उक्त कार्यक्रममा गौरादह नगरपालिका भित्रका अग्रनी महिलाहरुको सहभागिता रहेको थियो ।


यसैगरी, सोही अवसरमा जेसीजका ४ वाट क्षेत्रमा रहि गौरादह नगरपालिका भित्र रहि व्यबसाय साथै समाज बिकासमा सहयोग गर्नु हुने ४ महिलाहरू सम्मान गरेक थियो । सम्मानित हुनेहरुमा क्रमश बन्दना भट्टराई, रिता तिवारी, मन्दिरा खड्का र हरिमाया लोहनी रहेका छन् । शाखाकी अध्यक्ष विनिता अधिकारी कटुवालको सभापतित्व तथा गौरादह साना किसानको अध्यक्ष मिना ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सञ्चालन दुर्लव कार्कीले गरेका थिए ।