संघ \संस्था

जेसीआईका अन्तराष्ट्रिय अध्यक्ष र प्रधानमन्त्रीबिच भेटबार्ता

देबु बानियाँ । बाहुण्डाँगी । जेसीआईका अन्तराष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अर्गेनिस एंगुलो र नेपालका प्रधानमन्त्री सेरबहादुर देउवाविच शुक्रवार भेटवार्ता भएको छ । ४ दिने नेपाल भ्रमणमा आउनु भएका एंगुलोसँग प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रधानमन्त्री र अध्यक्षविच भेटवार्ता भएको हो । भेटका क्रममा प्रधानमन्त्री देउवाले नेपाल जेसीजसँग नेपाल सरकारले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म सहकार्य गरेर काम गरिरहेको बताउँदै नेपाल जेसीजले थप योजनाहरु लिएर आएमा नेपाल सरकार जस्तोसुकै अवस्थामा पनि साथ र सहयोग गर्ने तत्पर रहेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले आफु नेपाल जेसीजको मानार्थ सदस्य समेत रहेको बताउनु हुँदै देशमा रहेका हजारौ युवाहरुलाई गोलबन्द गराई राष्ट्रका लागि अहम भूमिका खेलिरहेको बताउनु भयो । साथै उहाँले जब जब देश असहज अवस्थामा जस्तै बाढी पहिरो, भूकम्प, कोरोना महामारीको चपेटमा परेका बेलमा जेसीज अग्रपंत्तिमा रहेर काम गरेको प्रति प्रशंसा गर्नु भयो ।

जेसिआइका अध्यक्ष एंगुलोले विश्वका १२० देशमा रहेका जेसीजका शाखाहरु मध्ये नेपाल जेसीजले उत्कृष्ट कार्य गरिरहेको बताउनु हुँदै यस अभियानमा सरकारले पनि सहकार्य गरेको सुन्न पाउँदा आफु हर्षित भएको बताउनु भयो । करिब ४५ मिनेटको कुराकानीमा अध्यक्ष एंगुलोले आगमी दिनमा समेत आपसी हित हुने युवा लक्षित कार्यक्रम गर्न जेसीआई तयार रहेको बताउँदै साथ र सहकार्य गरिदिन प्रधानमन्त्रीलाई आग्रह गर्नु भयो ।


भेटघाट कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीले नेपाल जेसीजको बारेमा प्रधानमन्त्रीलाई अवगत गराउनु भएको थियो । सो क्रममा अन्तराष्ट्रिय अध्यक्षका चिफ एक्जुकेटिभ एसिस्टेन कभिन कुमार कुमारेबेल, नेपाल जेसीजका लागि अन्तराष्ट्रिय सेक्टरका कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौला, अन्तराष्ट्रिय संयोजक जेसीआई सिनेटर इनु थापा, अन्तराष्ट्रिय अध्यक्ष भ्रमणका लाफी मनोनित एक्जुकेटिभ एसिस्टेन सुमनकृष्ण श्रेष्ठ, राष्ट्रिय अध्यक्षका प्रमुख सल्लाहकार सुभाष पोखरेल, पूर्व उपाध्यक्ष अत्युल प्रसाईको सहभागिता रहेको थियो ।


यसैगरी अन्तराष्ट्रिय अध्यक्ष एंगोलोले नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सङग समेत भेटघाट गर्नु भएको छ । शुक्रवार महासंघको कार्यालयमा पुगेर उहाँहरुको भेटघाट भएको हो । भेटघाटका क्रममा युवा लक्छित परियोजनामा सहकार्य गर्ने बिषयमा छलफल तथा युवाहरुलाई व्यवसायीकरणमा उत्प्रेरणा गर्ने कार्यक्रमहरुका बारेमा छलफल भएको कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाले जानकारी दिनु भयो ।