देबु बानियाँ । बाहुण्डाँगी । जेसीआईका अन्तराष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर र्अेनिस एंगुलोले विश्वका जेसीज शाखाहरु मध्ये नेपाल जेसीजको गतिविधि उत्कृष्ट रहेको बताउनु भएको छ ।
शुक्रवारबाट काठमाडौमा सुरु भएको नेपाल जेसीजको काउन्सुलर एकाडेमीको उद्घाटन गर्नु हुँदै सिनेटर एंगुलोले जेसीआईको भिजन, मिसन र आस्था अनुसार नेपाल जेसीजका गतिविधि उत्कृष्ट रहेको बताउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष एंगुलोले जेसीजले सधैँ समुदायमा रहेका युवाहरुलाइ समेटेर आफ्नो अधिकारका लागि बहस गर्दै नागरिकको कर्तब्य निर्वाह गर्नका लागि सबै युवाहरु तत्पर हुनु पर्ने बताउनु भयो । उहाँले नेपाल जेसीजको गतिविधिलाई नजिकबाट नियालिरहेको बताउनु हुँदै देशभित्रका युवाहरुलाई जेसीआइमा समावेश गरेर व्यवसायिक र रोजगार मुलक बनाउनका लागि जेसीज अग्रपंक्तिमा रहनु पर्ने कुरामा जोड दिनु भयो । साथै मानवताको सेवामा समप्रित जेसीआइले हरेक नागरिकका लागि औषधीको काम गर्नु पर्ने बताउनु भयो ।

उहाँले आफु नेपाल आउनु पाएकोमा भाग्यमानी भएको बताउँदै जेसीज साथीहरुको भब्य स्वागत र आतिथ्यताका लागि आभार व्यक्त गर्दै जेसीजका साथीहरुलाई जेसीआईको वल्र्ड कंग्रेसमा स्वागत गर्न आतुर रहेको बताउनु भयो ।

कार्यक्रमलाई नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारी, नेपाल जेसीजका लागि निरुपित उपाध्यक्ष राखी जैन, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्यालले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव कृष्ण सापकोटाले गर्नु भएको थियो ।
दुई दिनसम्म चल्ने एकाडेमीमा देशभरका १७४ वटा शाखाका शाखा अध्यक्षहरु सहभागि भएका छन् ।





