समाचार

मेचीनगरमा एमालेले खोल्यो खाता

मेचीनगर। मेचीनगर–११ मा नेकपा एमालेकी रञ्जिता नेपाली निर्विरोध निर्वाचित भएकी छन् । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एमालेबाट उनी मेचीनगरमा पहिलो जनप्रतिनिधिको रुपमा निर्विरोध निर्वाचित भएकी हुन् । निर्वाचन कार्यालय मेचीनगरका सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराईले एमालेका तर्फबाट वडा नम्बर ११ की दलित सदस्य पदमा उम्मेद्वारी दर्ता गराएकी नेपाली निर्विरोध निर्वाचित भएको बताए Read More…

राजनीति

एमाले मेचिनगर: वडा नम्बर ६ का उम्मेदवारहरुबाट प्रतिबद्धता पत्र सार्वजनिक

मेचिनगर । नेकपा एमाले मेचिनगर वडा नम्बर ६ का उम्मेदवारहरुले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्,। आज वडा नम्बर ६ भानुटोल स्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो । जारी प्रतिबद्धता पत्र अनुरुप वडा विकासका लागि सक्रिय रुपमा काम गर्ने प्रतिबद्धता जायर गर्दै वडा अध्यक्षका उम्मेदवार बालकृष्ण थापाले वडा विकासका लागि एमालेलाई मतदान Read More…

राजनीति

‘आयो सूर्य आयो’ भन्दै सुरु भयो एमालेको घरदैलो कार्यक्रम

मेचीनगर । नेकपा एमाले मेचीनगरले आज वडा नं. १४ बाट चुनावी घरदैलो अभियान सुरु गरेको छ । मेयर र उपमेयरका उम्मेद्वारहरु गोपालचन्द्र बुढाथोकी र मीना उप्रेतीसहित वडाका पाँचै जना एमालेका उम्मेद्वार घरदैलोमा सहभागी छन् । ‘आयो सूर्य आयो’ भन्दै विभिन्न जनवादी गीत गाउँदै, नाच्दै, रमाउँदै स्थानीय जनताले यसपाली मेयरसहित सबै पदमा सूर्य ध्वजावाहक उम्मेद्वारहरुलाई जिताउने बचनबद्धता Read More…

राजनीति

एमाले कनकाईले थाल्यो घर दैलो कार्यक्रम

कनकाई । स्थानीय तह निर्वाचनकालागि नेकपा एमाले कनकाईले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । देश र जनताप्रति समर्पित भएर सहिदको कसम खादै कनकाई नगरको समृद्धि तर्फ अघि बढ्ने प्रतिवद्धताका साथ आसन्न निर्वाचनकालागि घरदैलो कार्यक्रम संचालन गरिएको नगर ईन्चार्ज एवम् प्रचार प्रसार समितिका संयोजक रविन्द्र लम्सालले जानकारी दिए । सुरुङ्गास्थित सहिद लक्ष्मी पाण्डेको सालिकमा माल्यार्पण गरी Read More…

धर्म संस्कृती

मौलिक लोकबाजाको संरक्षणका लागि ‘महाकाली–मेची पैदल यात्रा’ सम्पन्न

झापा । पछिल्लो समय नेपाली मौलिक लोकबाजाहरु लोप हुँदै गएपछि त्यसको संरक्षण र प्रवर्द्धनमा चासो देखाउदै सुर्खेतका एक युवाले महाकाली–मेची पैदल यात्रा सम्पन्न गरेका छन् । सुर्खेतको लेकवेशी नगरपालिका वडा नम्बर ४ दशरथपुरका शेरबहादुर आचार्य गाइनेले मौलिक लोकबाजाहरुको संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यले महाकालीबाट ५० औ दिनमा मेचीसम्मको पैदल यात्रा सम्पन्न गरेका छन् । लोक Read More…

राजनीति

उत्साहकासाथ एमाले अर्जुनधाराको घरदैलो कार्यक्रम जारी

अर्जुनधारा । नेकपा एमाले अर्जुनधाराको घरदैलो कार्यक्रम उत्साहकासाथ चलिरहेको छ । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा अत्याधिक बहुमतकासाथ विजयी हुने लक्ष्य स्वरुप एमालेले र्जुनधारा नगरपालिकामा घरदैलो कार्यक्रम गरिरहेको छ । एमालेले आज अर्जुनधारा नगरपालिकाको ८ र ५ नम्बर वडामा घरदैलो गरेको हो । घरदैलोमा मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङ र उपमेयर Read More…

समाचार

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । शनिबार मात्र सार्वजनिक बिदा दिँदै आएको सरकारले अब आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन (आइतबार र शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले सार्वजनिक बिदा जेठ १ गतेदेखि लागू हुने निर्णय गरेको छ ।

राजनीति

सहिद पाण्डेलाई श्रद्धाञ्जली दिएर प्रचार अभियान शुरु

संगीता उप्रेती कनकाई । नेकपा (एमाले) कनकाईले सहिद लक्ष्मी पाण्डेको शालिकमा माल्यार्पण गरी सहिदहरूलाई श्रद्धाञ्जली दिएर चुनाव प्रचारप्रसार अभियान विधिवत उद्घाटन गरेको छ । बुधबार बिहान सहिद पाण्डेको शालिक परिसरमा एक औपचारिक कार्यक्रम आयोजना गरी स्थानीय चुनावको प्रचारप्रसार शुरु गरियो । नेकपा एमाले कनकाई नगर कमिटी अध्यक्ष खड्गप्रसाद प्रसाईले सहिदको शालिकअघि उभिएर देश र जनताको Read More…

राजनीति

गठबन्धनबाट गिरीराजको नेतृत्वमा मेचीनगर ८ मा उम्मेद्वारी

मेचीनगर । आसन्न निर्वाचनमा मेचीनगर ८ मा गठबन्धनको तर्फबाट गिरीराज धमलाको नेतृत्वमा उम्मेद्वारी दर्ता गरेको छ । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट वडाध्यक्षमा काँग्रेसका गिरीराज धमला, खुल्ला महिला सदस्य तर्फ पिङ्गला बाराकोटी र सदस्य तर्फ हरदेब राजवंशी छनोट भएका छन् । त्यस्तै दलित महिला सदस्यतर्फ माओवादीकी तुलसा पौडेल नेपाली र Read More…

राजनीति

गठबन्धनबाट योगेनको नेतृत्वमा मेचीनगर ५ मा उम्मेद्वारी

मेचीनगर । आसन्न निर्वाचनमा मेचीनगर ५ मा गठबन्धनको तर्फबाट योगेन थापामगरको नेतृत्वमा उम्मेद्वारी दर्ता गरेको छ । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट वडाध्यक्षमा काँग्रेसका योगेन थापामगर, खुल्ला महिला सदस्य तर्फ दुर्गा देवकोटा (आचार्य) र दलित महिला सदस्यतर्फ चन्द्रकला विश्वकर्मा छनोट भएका छन् । त्यस्तै वडा सदस्यमा माओवादी केन्द्रबाट उमेश उप्रेती Read More…