संघ \संस्था

मेचीनगर लेडी जेसीजको जेसीज सप्ताह सम्पन्न

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीज वर्ष २०२२ को जेसीज सप्ताह सम्पन्न भएको छ । असार १५ गतेबाट सुरु भएको सप्ताहको असार २५ गते शनिवार सम्पन्न भएको हो ।
सप्ताह अन्तरगत शनिवार पर्यटन प्रबद्र्धनका लागि एक दिन भ्रमण तथा ध्यान शिविरको आयोजना गरिएको थियो । स्थानीय क्षेत्रको पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उदेश्यले लेडी जेसीजको टोली इलामको कन्याम पुगेको थियो भने हर्कटेमा रहेको ओशो ध्यान शिविरमा सहभागि भएको थियो ।


शाखाकी अध्यक्ष सिता पुरी गिरीको सभापतित्व तथा ओशो डिभाइन डुअर्सका सञ्चालक विकास स्वामीको प्रमुख आतिथ्यताम सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु टिका सुवेदी, उषा श्रेष्ठ, शोभा श्रेष्ठ, तुलसा दंगाल, बोर्डका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।


शाखाले असार १५ मा धान रोपाई, आँखा शिविर, आत्मारक्षा तालिम, लागु औषध न्यूनिकरणका लागि प्रशिश्रण, जेसीज गाउँमा सीपमुलक अचार बनाउने तालिमलगायतका कार्यक्रमहरुको आयोजना गर्दै सप्ताहको समापन गरेको हो ।


कार्यक्रम संयोजक कला खरेलले स्वागत गरेको कार्यक्रममा आस्था पाठ उपाध्यक्ष अनु कटुवाल र सञ्चालन महासचिव पवित्र प्रसाईले गर्नु भएको थियो ।