संघ \संस्था

‘लागु औषधले युवाशक्ति बर्बाद गर्दैछ’ – अरुणेश्वर खनाल

बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजले आज नारायणगढमा लागु औषध सचेतना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल जेसीज निबर्तमान रास्ट्रीय अध्यक्ष अरुनेश्वर खनालले लागु औषधकै कारण धेरै युवाहरुको जिवन बर्बाद भएको बताउनु भयो ।

उहाँले स्कुल पढ्ने विद्यार्थीहरुले लागू औषधसग अन्जानमा खेलिरहेकोले यसको नतिजा भयानक डरलाग्दो तरिकाले आउनेमा चिन्ता व्यक्त गर्नु भयो । अध्यक्ष खनालले लागू औषधको कुलतमा फसेका र राज्यका निकायाहरुले भोलिका कर्णदार आजका साजेदार युवा शक्तिलाई बचाउन माथिल्लो स्तर बाट तल्लो स्तर सम्म सचेतनामुलक कार्यक्रम सन्चालन गर्नुपर्ने जोड दिनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस माहाधिबेसन प्रतिनिधि निरु कार्की, रिकभरिङ नेपाल बाग्मती प्रदेश कोषाध्यक्ष भरत घिमिरे, बीसहजार जेसीज शाखा अध्यक्ष बेदराज न्येउपाने, स्पृचुवन फाउन्डेसन स्ंस्थापक प्रबक्ता सुमित घले, स्वर्ग नेपाल सुधार गृह सन्चालक गगन क्षेत्री, युवराज गिरी, नारयणी पब्लिक कलेज ब्यबस्थापन संकाय प्रमुख प्रकाश सिग्देल, नारायणगढ लेडी जेसीज तालिम आयुक्त सुस्मिता श्रेस्ठ लगायतले बोल्नु भयको थियो । कार्यक्रम
नारायणगढ लेडी जेसीजका अध्यक्ष अनिता श्रेष्ठ अधिकारीको सभापतित्व तथा महासचिव हिमा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियोे ।