बाहुण्डाँगी । हरेक वर्ष आलोपालो सञ्चालन हुदै आएको मल्टि च्याप्टर तालिम यो वर्ष पर्वत जेसीजले आयोजना गरेको छ ।
पर्वत, म्याग्दी र बाग्लुङ जेसीजको सहभागितामा सफलता र खुसीका लागि बुद्धि लगाउनु पर्छ भन्ने विषयमा तालिम प्रदान गरिएको थियो । तालिमको सहजीकरण नेपाल जेसीजका प्रशिश्रक गणेश गिरीले गर्नु भएको थियो ।

शाखाकी अध्यक्ष उषा चापागाईको सभापतित्व तथा कुश्मा नगरपालिकाका प्रशासकिय अधिकृत कुमानसिंह गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका पूर्व कानुनी सल्लाहकार सुदिप राजभण्डारी, पर्वत जेसीजका पूर्व उपाध्यक्ष अर्जुनप्रसाद चापागाई, नेपाल जेसीजका पूर्व कानुनी सल्लाहकार तथा शाखाका पूर्व अध्यक्ष म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ, पर्वत जेसीजका पूर्व अध्यक्ष सिनेटर बसन्तकुमार कर्मचार्य, नेपाल जेसीजका निवर्तमान राष्टिय उपाध्यक्ष सुजन बरुवाल, तथा पूर्व अध्यक्ष समाजका अध्यक्ष राजन जोशी, म्याग्दी जेसीजका अध्यक्ष सन्दिप खत्री, बाग्लुङ जेसीजका निवर्तमान अध्यक्ष आनन्द रेग्मीलगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

अच्युत पौडेलले संयोजन गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव हेमन्तबाबु आचार्यले गर्नु भएको थियो ।


