स्वास्थ्य

मागुरमाडीका १०० जनामा मुटुको समस्या

मेचीनगर । मागुरमाडीका १०० जना स्थानीय मुटु रोगको समस्याबाट पीडित रहेको पाइएको छ । शुक्रबार मेचीनगर–९, मागुरमाडी स्थित हरि आधारभुत निमाविको परिसरमा आयोजित मुटु रोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिने स्थानीय महिला र पुरुषमा सो समस्या देखिएको हो । शिविरमा सेवा लिएका १०० जना मध्ये दुई महिलासहित ५ जनालाई तत्काल मुटुको शल्यक्रिया गर्न Read More…

धर्म संस्कृती

आज तमु ल्होसार, सरकारले दियो देशभर सार्वजनिक बिदा

काठमाडौं । आज ‘तमु ल्होसार’ पर्व। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ मा तमु ल्होसार मनाउछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन्। पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको Read More…

खेलकुद

महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन, विश्वभरबाट श्रद्धाञ्जली अर्पण

एजेन्सी । विश्व प्रशिद्ध ब्राजिलियन खेलाडी पेलेको निधन भएको छ । महान खेलाडीको रुपमा विश्व प्रख्यात कमाएका पेलेको ८२ बर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । फुटबल इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन। विश्वभर उनलाई पेलेको नामले चिनिएपनि उनको पूरा नाम एडसन आरेनटेस दो नासिमेन्टो हो । क्यान्सर रोगसँग लडिरहेका Read More…

खेलकुद

सहारा क्लबलाई हराउँदै धरान क्वाटरफाइनलमा

पोखरा । २२औं आहा–रारा पोखरा गोल्डकपमा धरान फुटबल क्लब विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा आजबाट सुरु भएको प्रतियोगितामा धरानले आयोजक सहारा क्लबलाई १–० ले हरायो। धरानलाई जिताउन प्रकाश बुढाथोकीले निर्णयाक गोल गरे। उनले खेलको चौंथो मिनेटमै फ्रिकिक मार्फत सुन्दर गोल गरेका थिए। खेलको दोस्रो हाफमा धरानमाथि दबाब बनाए पनि गोल चुमाउन नसक्दा आयोजक पहिलो Read More…

संघ \संस्था

तेलपानी सामुदायिक वनले गर्यो विपन्न परिवार र टोल विकास संस्थालाई सहयोग

मेचीनगर । मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनले बिहीबार आफ्नो वन क्षेत्रमा रहेका विपन्न ३५ परिवारलाई खाट तथा १० वटा टोलविकास संस्थाहरुलाई एक ÷ एक थान कुर्सी र टेवल वितरण गरेको छ। सामुदायिक वनले गरिवी न्यूनीकरण कार्यक्रम अन्र्तगत उक्त सामाग्री हस्तान्तरण गरेको वन समूहका अध्यक्ष पर्शुराम पोख्रेलले जानकारी दिए । हामीले वनको नीति तथा कार्यक्रममै गरिवी Read More…

शिक्षा संघ \संस्था

मेचीनगर २ को बालबालिकासँग वडा कार्यालय अभियान

भृकुटी । जाडो मौसम लागेसँगै मेचीनगर २ वडा कार्यालयले बालबालिकासँग वडा कार्यालय अभियान सञ्चालन गरेको छ । वडा कार्यालयबाट शिक्षा क्षेत्रमा छुटिने बजेट मध्ये केही बजेटबाट वडामा रहेका २ वटा सामुदायिक विद्यालयलाई न्यानो कपडा लगाउने अभियान सञ्चालन गरेको हो । वडामा रहेको मेचीन जनसाधारण मावि र भानु माविमा रहेका विद्यार्थीहरुका लागि जाडो मौसममा लगाउने ट्रयाक Read More…

खेलकुद

नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिताको आयब्यय सार्वजनिक

शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित खरबन्दीमा आयोजित दोश्रो नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ । गत मंसिर २९ गतेबाट संचालन भएको प्रतियोगितामा १३ लाख ५३ हजार रुपैयाँ संकलन भएको र ११ लाख ६० हजार ६० रुपैयाँ खर्च भएको सचिब सुरेन्द्र गिरिले जानकारी दिए । प्रतियोगिताबाट २ लाख ४६ हजार ९सय ४० Read More…

संघ \संस्था

नगर प्रमुख बुढाथोकीले गरे हाेटल व्यवसायीको भवन शिलान्यास

झापा । झापाको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मेची होटल व्यवसायीको नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेका छन् । बुधबार नगर प्रमुख बुढाथोकीले मेचीनगर ६ मनमोहन टोलमा रहेको दुई तल्लाको नयाँ भवनको शिलान्यास गरेका हुन । संघले ६ धुर जग्गामा निर्माण शुरु गरिएको भवन निर्माणको लागि नगरले १० लाख रुपैयाँ दिएको छ भने ३५ लाख Read More…

खेलकुद

स्पेनीस क्लबसँग गण्डकी-११ पराजित

पोखरा । स्पेनिस फुटबल क्लब कासेरेन्यो सिपीले गण्डकी- ११ सँगको मैत्रीपूर्ण खेलको सहज जित निकालेको छ । बुधबार पोखरा रंगशालमा भएको खेलमा कासेन्योले गण्डकीमाथि ३-० गोलको जित निकालेको हो । पहिलो हाफमा २-० गोलको अग्रता बनाएको कासेरेन्यो दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो । खेलको २३औं मिनेटमा कार्मेलो मोराले गोल गर्दै स्पेनिस टोलीलाई Read More…

संघ \संस्था

गोकुल मार्ग कालोपत्र हुने, मेचीनगरले सुरु गर्यो सरोकारवालासंग छलफल

मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र पर्ने गोकुल मार्ग कालोपत्र गर्न सरोकारवालाहरूसंग छलफल अगाडि बढाइएको छ । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले मंगलबार आफ्नो कार्यकक्षमा बोलाएर सरोकारवाला स्थानीय, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, प्राविधिक, सडक बनाउने जिम्मा पाएको ठेकेदारलाई एकै ठाँउमा बोलाएर सडक कालोपत्र बनाउने सम्बन्धमा छलफल अगाडी बढाइएको हो । सरोकारवाला संगको छलफलमा मेचीनगर Read More…