पोखरा । २२औं आहा–रारा पोखरा गोल्डकपमा धरान फुटबल क्लब विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा आजबाट सुरु भएको प्रतियोगितामा धरानले आयोजक सहारा क्लबलाई १–० ले हरायो।
धरानलाई जिताउन प्रकाश बुढाथोकीले निर्णयाक गोल गरे। उनले खेलको चौंथो मिनेटमै फ्रिकिक मार्फत सुन्दर गोल गरेका थिए। खेलको दोस्रो हाफमा धरानमाथि दबाब बनाए पनि गोल चुमाउन नसक्दा आयोजक पहिलो खेलबाटै बाहिरियो।
गोल्डकपको शुक्रबार हुने दोस्रो खेलमा नेपाल पुलिस क्बल र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबीच पोखरा रंगशालामा हुनेछ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पाउने छन्।

