खेलकुद

नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिताको आयब्यय सार्वजनिक

शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित खरबन्दीमा आयोजित दोश्रो नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिताको आयब्यय सार्वजनिक गरिएको छ ।

गत मंसिर २९ गतेबाट संचालन भएको प्रतियोगितामा १३ लाख ५३ हजार रुपैयाँ संकलन भएको र ११ लाख ६० हजार ६० रुपैयाँ खर्च भएको सचिब सुरेन्द्र गिरिले जानकारी दिए । प्रतियोगिताबाट २ लाख ४६ हजार ९सय ४० बचत गर्न सफल भएको अध्यक्ष राजकुमार महताराले बताए ।

देश बिदेश ,संघ संस्था ,अर्जुनधारा नगरपालिका ,वडा र अन्य दाताले सहयोग गरेको जसमध्ये ३ लाख ६६ हजार उठ्न बाँकी रहेको सचिब गिरिले बताए । बाँकी रकम संकलन भएपछि दाता सम्मान र स्थानीय विद्यालयमा अध्ययनरत कक्षा ५ मुनिका विद्यार्थीलाई फुटबल प्रशिक्षण संचालन गरिने उनले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न अर्जुनधारा नगरपालिकाबाट १ लाख ५० हजार ,वडा नम्बर ९ बाट ५० हजार ,सुखानी सहिद स्मृति प्रतिस्ठान ५० हजार र वैदेशिक रोजगारमा रहेका युवाहरु बाट ३ लाख सहयोग प्राप्त भएको उपाध्यक्ष सुमन राईले जनाएका छन् ।

पौष ७ गते सम्पन्न खेलमा कर्मा रेसिडेन्सका प्रोपाईटरले १ लाख ११ हजार प्रथम पुरस्कार र स्वर्गीय ज्ञानुराम प्रसाईको स्मृतिमा बिर्तामोड नगरपालिका प्रमुख पबित्रा महतारा प्रसाईबाट ५१ हजार प्राप्त भएको राईले बताए । लगभग १४ लाख ५० हजार खर्च हुने अनुमान गरिएको थियो ।

प्रतियोगितामा दुई वटा विदेशी टिमसहित ८ टिमले सहभागी जनाएका थिए ।