पोखरा । स्पेनिस फुटबल क्लब कासेरेन्यो सिपीले गण्डकी- ११ सँगको मैत्रीपूर्ण खेलको सहज जित निकालेको छ । बुधबार पोखरा रंगशालमा भएको खेलमा कासेन्योले गण्डकीमाथि ३-० गोलको जित निकालेको हो ।
पहिलो हाफमा २-० गोलको अग्रता बनाएको कासेरेन्यो दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो । खेलको २३औं मिनेटमा कार्मेलो मोराले गोल गर्दै स्पेनिस टोलीलाई अग्रता दिलाएका थिए । कार्मेलोले सिक्स याड बक्सबाट पहिलो बारमा कार्मेलो मोराले गोल गरेका थिए ।
यस्तै २९ औं मिनेटमा मिगुएल एन्जल कारिलेरो गोन्जालेजले गोल गर्दै टोली अग्रता २-० को बनाए । खेलको अन्तिम समयमा थप गोल गरि खेलमा ३-० गोलको जित दिलाए ।
स्पेनिस टोली आजै पोखराबाट काठमाडौं फर्किने छ । कासेरेन्यो र काठमाडौं ११ बीचको दोस्रो मैत्रिपूर्ण खेल बिहिबार दशरथ रंगशालमा हुनेछ ।

