बाहुण्डाँगी । सुरुङ्गा जेसीजद्धारा व्यवस्थित कर प्रणाली तालिम सम्पन्न भएको छ ।
जेसीजको सचिवालयमा सम्पन्न तालिममा युनिकम नेपालका अध्यक्ष गजेनद्रबहादुर पौडेलको प्रमुख प्रशिश्रकका रुपमा सहजीकरण गर्नु भएको थियो । साथै नविन पौडेलले समेत सहजीकरण गर्नु भएको थियो ।

शाखाका अध्यक्ष प्रविण तिम्सिनाको सभापतित्व तथा राजश्व कार्यालय चन्द्रगढीका प्रमुख अधिकृत शुभप्रसाद रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरु जनक कार्की, जविन तिम्सिना, कमल कट्टेलको उपस्थिति रहेको थियो । मेनुका उप्रेतीले आस्थापाठ गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष निर्मला खड्काले गर्नु भएको थियो । कार्यक्रम संयोजक प्रताभबाबु जम्मरकटटेलले कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव दिपेन्द्र प्रधानले गर्नु भएकोगर्नु भएको कार्यकारीणी उपाध्यक्ष रिसबसिंह चहारले बताउनु भयो ।



