मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बालकल्याण मावि विजयी भएको छ । मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा भएको छात्रतर्फको खेलमा सुर्योदय अंग्रेजी माविलाई ११७ रनले पराजित गर्दै बालकल्याण मावि फाइनल प्रवेश गरेको छ । बालकल्याण माविले टस जितेर ब्याटिङ्ग गर्दै Read More…
Day: May 29, 2023
आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रकम विनियोजन भएको छ । सोमबार संघीय संसदमा अर्थमन्त्री डा. प्रकाशरण महतले उक्त बजेट घोषणा गरेका हुन् । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन Read More…
प्रेस क्लब मेचीनगरको वक्तृत्वकलामा रमेश प्रथम
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजनामा आज अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । क्लबले १६ औं गणतन्त्र दिवसका अवसर पारेर गणतन्त्र स्थापनामा प्रेसको भूमिका विषयक अन्तर मावि वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । कार्यक्रममा मेचीनगरका आठवटा विद्यालय सहभागी थिए । प्रतियोगितामा बाल सुबोधिनी माध्यमिक विद्यालयका रमेश नेपाल ३१ अंकसहित प्रथम भएका छन् । Read More…
मलेसियासँग नेपाल पराजित
काठमाडौं । पहिलो टी-२० मा नेपालको महिला टिम घरेलु टोली मलेसियासँग ५ विकेटले पराजित भएको छ । मलेसियाको बाग्नीमा भएको खेलमा नेपाल घरेलु टोलीसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्री र सीता राना मगरले दुई दुई विकेट लिइन् Read More…
एनएमसीको अध्यक्षमा ठाकुरप्रसाद सिवाकोटी
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) को अध्यक्षमा ठाकुरप्रसाद सिवाकोटी चयन भएका छन् । मेचीनगर-६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको एनएमसीले आगामी ४ वर्षे कार्यकाल (२०८० साउन – २०८४ असार) का लागि सञ्चालक समितिको अध्यक्षमा सिवाकोटीलाई सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा भगवती घिमिरे, उपाध्यक्षमा विष्णु गौतम, सचिवमा विकासप्रसाद उप्रेती र सहसचिवमा Read More…
गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित ४८२ जनालाई आममाफि
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा आजिवन कैद सुनाएको रेशम चौधरीसहित ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित ४८२ जनालाई बाँकी कैद मिनाहा गरेका हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले आजदेखि लागू हुनेगरी कैद मिनाहा गरेका हुन् । नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय Read More…
आज १६औँ गणतन्त्र दिवस, भव्यताका साथ मनाइँदै
काठमाडौं । सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । Read More…







