मेचीनगर । झापाको मेचीनगरमा जारी २१ औं झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बालकल्याण मावि विजयी भएको छ ।

मिलन क्रिकेट क्लबको आयोजनामा तुर्केनी खेलमैदानमा भएको छात्रतर्फको खेलमा सुर्योदय अंग्रेजी माविलाई ११७ रनले पराजित गर्दै बालकल्याण मावि फाइनल प्रवेश गरेको छ ।
बालकल्याण माविले टस जितेर ब्याटिङ्ग गर्दै १४५ रन जोड्यो । १४६ रनको तार्केट लिएर मैदान उत्रेको सुर्योदय ११७ रनले पराजित भयो । आजको खेलको प्लेयर अफ द म्याच विजेता टिमका पवन दर्जी घोषित भए । उनले आजको खेलमा १ विकेट लिँदै ५३ रन जोडेका थिए ।
जेठ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता तथा उपबिजेताले क्रमश नगद २० हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक मिलन क्रिकेट क्लबका अध्यक्ष बिरु श्रेष्ठले जानकारी दिए ।

