संघ \संस्था

कपन जेसीजको खबरदारीसहित दबाबमूलक कार्यक्रम

बाहुण्डाँगी । कपन जेसीजद्वारा खहरे खोला मिलनचोक र साततलेमा पुल हाल्न खबरदारीसहितको दबाबमुलक कार्यक्रम आयोजना गरिएको छ।
कपनमा बिगत लामो समय देखि रहेको कपन डुवान समस्यालाई लिएर कानमा तेल र आँखामा पट्टी बाँधेर सुषुप्त अवस्थामा रहेको स्थानीय सरकारलगायत सरोकारवालालाई बिउँझाउने उदेश्यले कपन जेसीजले खहरेखोला स्थित तरकारी बजार नजिक दबाबमूलक कार्यक्रम गरेको हो। १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुले प्लेकार्ड प्रदर्शन गरी शान्तिपूर्ण तरिकाले कार्यक्रम सम्पन्न गरेको थियो।

प्रदर्शनमा कपन जेसीजका पूर्व अध्यक्ष दीपक अधिकारीले हाल खहरेखोला स्थित तरकारी बजार नजिक र साततलेमा पानी पर्दा ठुलो बाढी आउनेहुँदा मानिस आवतजावत गर्न कठिन हुँदैआएको बताउँदै त्यसबाट अकल्पनीय धनजनको क्षतिसहित अप्रिय घटना निम्तन सक्नेहुनाले तत्काल पुल निर्माण गर्नुपर्ने बताएका थिए। उक्त स्थान बूढानीलकण्ठ नगरपालिका तथा काठमाडौं महानगरपालिकाको सिमानामा पर्नेहुनाले त्यसको समाधानका लागि काठमाडौं महानगर प्रमुख बालेन साह र बूढानीलकण्ठका नगर प्रमुख मिठाराम अधिकारीलाई लागि तयार रहन दबाब मुलक भनाई राखेका थिए। कार्यक्रम मा कपन जेसिजका अध्यक्ष दीपक जङ्ग अधिकारी, निबर्तमान अध्यक्ष नवराज वन, पदाधिकारी श्याम तिम्सिना, विश्ववल्वब नेपालले पनि सम्बोधन गरेका थिए। कार्यक्रम महासचिव छेतेन भोटेले सञ्चालन गरेका थिए।