राजनीति

अनेम संघ गण्डकी प्रदेश युवा कमिटिको अध्यक्षमा अञ्जली शर्मा

झापा । अखिल नेपाल महिला संघ गण्डकी प्रदेश युवा कमिटिको अध्यक्षमा अञ्जली शर्मा निर्वाचित हुनु भएको छ ।
अखिल नेपाल महिला संघ केन्द्रिय युवा कमिटीद्वारा बुधवार पोखरामा आयोजित भेलाले शर्मालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । स्यागंजा निवासी शर्मा पाटीको विभिन्न तहमा रहेर महत्वपूर्ण जिम्मेवारी पुरा गरिसकेकी अनुभवी युवा नेतृ हुन ।

शर्मा सहित ५५ सदस्यीय कमिटि गठन गरिएको छ । निर्वाचित भएपछि शर्माले युवा महिलाको राम्रो राजनीति संस्कार लाई पालना गर्दै जनता र पार्टीले दिएको जिम्मेवारी पालना गर्ने अठोट सहित सधै महिला आन्दोलन र युवा ससक्तिकरणमा लाग्ने प्रतिबधता पनि गर्नु भएको छ ।

अनेम सङ केन्द्रीय युवा कमिटि सम्योजक दिपा शर्माको अध्यक्षता तथा अनेम संघ केन्द्रीय अध्यक्ष एवम् नेकपा एमाले स्थायी कमिटि सदस्य थममाया थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याल कमिटिलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।