समाचार

गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित ४८२ जनालाई आममाफि

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा आजिवन कैद सुनाएको रेशम चौधरीसहित ४८२ जना कैदीहरुले आम माफी पाएका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित ४८२ जनालाई बाँकी कैद मिनाहा गरेका हुन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले आजदेखि लागू हुनेगरी कैद मिनाहा गरेका हुन् । नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा जेष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम कैद मिनाहा भएको हो ।