खेलकुद

खेलाडीको जीवन सुरक्षा नै खेलको दीर्घकालिन संरक्षण : मन्त्री लिम्बू

झापा । संघीय युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले खेलकुदको दीर्घकालीन विकासका लागि खेलाडीको जीवन विमा अन्र्तराष्ट्रिय मापदण्ड अनुसार गर्ने तयारी थालिएको जानकारी दिएका छन् । जिल्लाकै पुरानो रङ्गशालाको पहिचान पाएको मेची रङ्गशालाको स्थलगत अनुगमनका लागि भद्रपुर आइपुगेका मन्त्री लिम्बूले झापा जिल्ला खेलकुद समितिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । विगतमा आफू पनि Read More…

संघ \संस्था

मेचीनगरमा श्रृङ्गार सम्बन्धि तालिम सम्पन्न

मेचीनगर । झापाको मेचीनगर– ८ मा सञ्चालन भएको सात दिवशिय महिला सीप विकाश तालिम मंगलवार समापन भएको छ । मेचीनगर वडानम्वर–८ को आर्थिक सहयोगमा शुभ विवाहमा प्रयोग हुने बरमाला, जडीमाला, साइपाटा, ठेकी, किस्ति बनाउने तालिम समापन भएको हो । तालिममा वडाभरिका ४० जना प्रशिक्षार्थी सहभागी थिए । उनीहरूलाई प्रशिक्षक नरमाया गुरूङ, अस्मिता खनाल, इस्मिता धिमाल Read More…

राजनीति शिक्षा

अखिल (क्रान्तिकारी ) विप्लवको झापा अध्यक्षमा डिपी सी

झापा । विप्लव नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी )को झापा अध्यक्षमा डिपी सी सर्वसम्मत चयन भएका छन्,।  अखिल (क्रान्तिकारी ) झापा जिल्लाको १६ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा डिपी सी, उपाध्यक्ष पदमा सविना सी,सचिवमा आर्यान सी, सहसचिवमा अंकिता सी र कोषाध्यक्षमा नविना सी सहित २५ सदस्यीय जिल्ला कमिटी चयन भएको मेची ब्युरो Read More…

खेलकुद

विश्वकप छनोटमा नेपालले अमेरिकालाई हरायो

काठमाडौँ । अमेरिकालाई हराउँदै विश्वकप छनोटमा नेपालले पहिलो जित हात पारेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । २०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै अमेरिकालाई स्तब्ध बनायो । नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७८ रन बनाए । त्यस्तै ओपनर कुशल भुर्तेलले ३९ Read More…

संघ \संस्था

पासाङ ल्हामू स्मृति जेसिज प्रतिष्ठानको अध्यक्षमा तिम्सिना विजयी

मेचीनगर । पासाङ ल्हामू स्मृति जेसिज प्रतिष्ठान ‘टाउनहल’ धुलाबारीको अध्यक्षमा युवा ऋषिराज तिम्सिना विजयी भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी शंकर बस्नेतलाई हराउँदै आगामी कार्यकालका लागि तिम्सिना विजयी भएका हुन् । तिम्सिना मेची उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष हुन् । आज सम्पन्न निर्वाचनमा तिम्सिनाले ५६ मत प्राप्त गरे भने बस्नेतले ३४ मत ल्याएका थिए । Read More…

अर्थ

झापामा चार लाख घुस रकमसहित तीन कर्मचारी पक्राउ

झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु चार लाख घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई घुससहित कार्यालय परिसरबाटै पक्राउ Read More…

समाचार

ताप्लेजुङमा वर्षासँगै बाढी : उद्दारको पर्खाइमा मेहेलेबासी

ताप्लेजुङ । चार दिनदेखि निरन्तर आएको वर्षासँगै बाढी पहिरोका कारण ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ८० घरका करिब चार सय परिवार विस्थापित भएका छन् । गाउँमा अहिले जताततै पहिरो गएको छ । पहिरोका कारण अहिलेसम्ममा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् । उनीहरूको खोजि कार्य जारी Read More…

स्वास्थ्य

झापा : कारको ठक्करबाट डिउटीमा खटिएका दुई प्रहरी घाइते, हवलदारको भाँचियो खुट्टा !

झापा । झापामा भारतीय नम्बर प्लेट भएको कारको ठक्करबाट दुई प्रहरी घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड ६ स्थित बुट्टावारिको प्रहरी बिट नजिकै सवारीसाधन चेकजाँच खटिएका प्रहरीलाई सोमबार राती साढे ८ बजेको तीव्र गतिमा आएका डब्लुबी ७४ एए १७९५ नम्बरको कारले ठक्कर दिएको हो । सो ठक्करबाट प्रहरी सहायक हवलदार शिवनारायण महतो र Read More…