मेचीनगर । मेचीनगरमा जलस्रोत उपभोक्ता संस्थाको संस्थागत विकासको लागि नहर संचालन तथा मर्मत संम्भार व्यवस्थापन सम्बन्धि दश दिने तालिम सम्पन्न भएको छ ।
निन्दा खोला सिंचाइ तथा राजपैनी जलस्रोत उपभोक्ता समितिको आयोजनामा मेचीनगर-८ स्थित आदर्श माविको सभाहलमा सञ्चालित तालिम मेचीनगर कार्यापालिका सदस्य तथा भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र धिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

समापन कार्यक्रममा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय चन्द्रगढीका प्रमुख रन्जित कुमार झा, इन्जीनियरद्वय सुमन खत्री र श्याम कार्कीलगायतको आतिथ्यता रहेको थियो ।
जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय चन्द्रगढीको संयोजनमा आयोजित तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रशिक्षण मोहम्मद रसिमले गरेका थिए । प्रत्येक दिन २३ जनाका दरले मेचीनगरका करिब दुई सय ३० जना किसानहरू सहभागी थिए ।

निन्दा खोला सिंचाइ तथा राजपैनी जलस्रोत उपभोक्ता समितिका अध्यक्ष रघुनाथ धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष पवन मेचे र सञ्चालन सचिव सुर्य अधिकारीले गरेका थिए ।