विविध

झापा : प्रहरीद्वारा ६१ बोरा सुपारी बरामद

झापा । झापाको मेचीनगर-१३ स्थित चारआलीबाट प्रहरीले ठूलो परिमाणमा सुपारी बरामद गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले बुधबार ६१ बोरा सुपारी बरामद गरेको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.१ च.८९६७ नम्बरको पिकअपमा उक्त सुपारी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । गाडीमा दुई हजार आठ सय ५० किलो सुपारी फेला परेको छ । उनका अनुसार सुपारीको बजार मूल्य दश लाख भन्दामाथि छ ‌।

प्रहरीले पिकअपसहित सुपारी राजस्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयमा बुझाएको छ । पिकअपसँगै चालक मोरङ उर्लाबारी नगरपालिका-७ का १९ वर्षीय आकाश धिमाल पक्राउ परेका छन् ।