शिक्षा

होलिबेल स्कुलले गर्यो एसइईमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान

बाहुण्डाँगी । शैक्षिक सत्र २०७९ को एसइई परीक्षामा उत्कृष्ट हुने दुई जना विद्यार्थीलाई होलिबेल अंग्रेजी स्कुल धलावारीले सम्मान गरेको छ । आज विद्यालयमा आयोजित एक समारोहकाबिच विक्रम नेम्बाङ र बिक्की चौधरीलाई सम्मान गरेको हो । विद्यालयको प्रथम त्रैमासिक परीक्षाका नजिता प्रकाशनको अवसरमा उनीहरुलाई अबिर खदा र मायाको चिनोसहित सम्मान गरेको विद्यालयका सहायक निर्देशक सुरज कार्कीले Read More…

राजनीति

हल्दिबारीको जग्गा वर्गीकरण अवैज्ञानिक भएको भन्दै तीन राजनीतिक दल आन्दोलित

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकाले जग्गा वर्गीकरण गर्दा अवैज्ञानिक विधि अपनाएपछि स्थानीय राजनीतिक दल आन्दोलनमा उत्रिएका छन् । जग्गा वर्गीकरण अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा आन्दोलित बन्दै पालिका र भूमिसुधार तथा मालपोत कार्यालय झापामा ज्ञापनपत्र बुझाएका छन् । गाउँपालिकाले स्थानीय सरोकारवाला दल तथा सङ्घसंस्थाको समन्वयविना एकलौटी ढङ्गले जग्गा Read More…

समाचार

कोशीका मुख्यमन्त्री थापासँगै ३ जना मन्त्रीले लिए सपथ

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार मुख्यमन्त्रीम नियुक्त भएका उनलाई बुधबार साँझ प्रदेश प्रमुख परशुराम खापुङले शपथ खुवाएका हुन् । २१ असारमा सभामुख बाबुराम गौतमको समर्थनमा उनी सभामुख भएका थिए । तर, उक्त कार्य गैरकानुनी भन्दै एमालेले मुद्धा दायर गरेपछि २२ Read More…

विविध

झापा : प्रहरीद्वारा ६१ बोरा सुपारी बरामद

झापा । झापाको मेचीनगर-१३ स्थित चारआलीबाट प्रहरीले ठूलो परिमाणमा सुपारी बरामद गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले बुधबार ६१ बोरा सुपारी बरामद गरेको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.१ च.८९६७ नम्बरको पिकअपमा उक्त सुपारी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । गाडीमा दुई हजार आठ Read More…

स्वास्थ्य

डेँगु रोग रोकथाम तथा नियन्त्रणमा मेचीनगरको पहल सुरू

के हो डेँगु ? डेँगु लागेको कसरी थाहा पाउने ? मेचीनगर । पछिल्लो समय संक्रमणको रूपमा फैलिरहेको डेँगु रोग रोकथाम तथा नियन्त्रणको लागि झापाको मेचीनगर नगरपालिकाले पहल थालेको छ । डेँगु रोगले विकराल रूप नलियोस् भन्नका लागि नगरपालिका बेलैमा सचेत हुँदै त्यसको रोकथाम तथा नियन्त्रणमा जुट्न थालेको हो । नगरपालिकाले आज स्वास्थ्य विज्ञसहितको वहुनिकाय अन्तरक्रिया Read More…

संघ \संस्था

वडा कार्यालय भवन निर्माण प्रकरणमा कनकाईलाई अख्तियारद्वारा जवाफ माग

बिर्तामोड । कनकाई नगरपालिका वडा नम्बर ६ मा निर्माण भएको वडा कार्यालय भवनको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकालाई जवाफ माग गरेको छ । गत बर्ष निर्माण सम्पन्न भएको उक्त भवन लागत मुल्यका आधारमा कमसल भएको भन्दै समाचार बाहिरिएपछि नगरपालिकालाई अख्तियारले जवाफ माग गरेको हो । उक्त भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरीसमेत परेको Read More…

अर्थ संघ \संस्था

जन दवावपछि कर ७५ प्रतिशतसम्म घटाएको कनकाई नगर प्रमुख पोखरेलको भनाई

सुरुङ्गा । झापा कनकाई नगरपालिका क्षेत्रका ७ राजनैतिक दल र सर्वसाधरणको दवाबका कारण नगरले करको दर घटाएको छ ।नगरपालिकाले पत्रकार सम्मेलन गरी नगरवासीको सुझावपछि ७५ प्रतिशतसम्म करको दर घटाएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । कनकाई नगरले यसअघि सामान्य रकम २ सय रुपैँयाँ लिदै आएकोमा कम्तीको रकम भने ५०० अनिवार्य गरेको छ । बर्षमा Read More…

विविध

झापामा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक, मुख्य कारण वैदेशिक रोजगार

झापा । झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक रहेको छ । यसको मुख्य कारण वैदेशिक रोजगार हो । श्रीमान वा श्रीमती राजगारीका लागि विदेशमा रहने अनि यता अविश्वास, झगडा, पैसा, समय वा अन्य कुनै कारणले सम्बन्धमा खटपट भई सम्बन्धविच्छेद गर्न आउने क्रम दिनप्रतिदिन बढ्दै जाने क्रममा रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कूल Read More…