संघ \संस्था

मेचीनगर लेडी जेसीजद्धारा दुई दिने उद्घोषण तालिम

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजद्धारा दुई दिने उद्घोषण तालिम धुलावारीमा सुरु भएको छ । मेचीनगर नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा भएको तालिममा मेचीनगरका २५ जना भन्दा बढीको सहभागिता रहेको छ । तालिमको मुख्य प्रशिक्षकका रुपमा कञ्चनजङ्गा एफएमका कार्यक्रम प्रस्तोता दिपेन्द्र पौडेल रहनु भएको छ । शनिवार र आइतावार हुने तालिममा उद्घोषण र प्रभावकारी भाषणकलाको तालिम प्रदान गरिनेछ ।


संस्थाकी अध्यक्ष सीता पुरी गिरीको सभापतित्व तथा वडा नम्बर १० की वडा सदस्य धिरावती लिम्बू (मिरा) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि त्रिफला पुस्ताकालयका अध्यक्ष प्रेमप्रकाश फलारी, संस्थाकी आजीवन सदस्य सिता गरुङ, बाहुण्डाँगी जेसीजका कानुनी सल्लाहकार देबु बानियाँ, साहित्यकार मिरा पोखरेल, धुलावारी जुनियर जेसीजका अध्यक्ष सचेत घिमिरेले बोलेका थिए । कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु टिका सुवेदी, शोभा श्रेष्ठ, सुनिता पनेरु, तुलसा दंगाललगायतको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक रेजिना श्रेष्ठले स्वागत गरेको कार्यक्रममा आस्था पाठ शुकु तामाङ र सञ्चालन महासचिव पवित्रा विमली प्रसाईले गर्नु भएको थियो ।