संघ \संस्था

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो पाँच लाख बढी दावी भुक्तानी

झापा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो विमितको मृत्यु दावी भुक्तानी दिएको छ । इन्स्योरेन्स कम्पनीले कन्काई–३ सुरुङ्गा निवासी अमितकुमार राजवंशीको मृत्यु वापतको पाँच लाख २५ हजार दावी भुक्तानी उनको परिवारलाई दिएको हो ।

सतलोक बहुउद्देश्यीय सहकारी संस्था मार्फत गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा जोडिएका राजवंशीको गत भदौ ३० गते मृत्यु भएको थियो ।

बिमा दाबी भुक्तानी गार्डियन माइक्रो बिमा कम्पनीले बिर्तामोडमा एक कार्यक्रमका बीच बिमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोदकुमार पोख्रेल, बिर्तामोड नगरपालिका वडा–४ का वडाध्यक्ष राहुलकुमार शर्मा, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख महेश निरौलालगायतको उपस्थितिमा डिजिटल माध्यमबाट बिमा दाबी भुक्तानी हस्तान्तरण गरिएको थियो ।

इन्स्योरेन्स कम्पनीहरुको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले बिमितहरुलाई सहज रुपमा सेवा प्रदान गर्दै आइरहेको छ ।