खेलकुद

आइसिसी विश्पकप क्रिकेट लिग–२ खेल्न सन्दीप लामिछाने युएई प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आइसिसी विश्पकप क्रिकेट लिग–२ खेल्न आज युएई प्रस्थान गरेका छन् । नेपाली टोलीका सदस्य श्याम (मौसम) ढकालको स्थानमा सन्दीपलाई युएई पठाएको नेपाल क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ । हिजो भएको अभ्यास खेलका क्रममा घाइते भएपछि सन्दीपलाई युएई पठाइएको क्यानले जनाएको हो । युएईमा जारी आइसिसी विश्वकप लिग–२ Read More…

समाचार

प्रदेश १ को प्रस्तावित नाम ‘कोशी’ बहुमतले स्वीकृत

विराटनगर । प्रदेश १ को नामकरणका निम्ति प्रदेशसभा सचिवालयमा दर्ता गराइएको ‘किराँत–लिम्बुवान–सगरमाथा’ नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले दर्ता गराएको सो नामको प्रस्ताव अस्वीकृत भएको हो। नेकपा एसका सांसद तथा तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक रहेको उक्त प्रस्ताव जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बुको समर्थनमा दर्ता गराइएको थियो। Read More…

खेलकुद

केपी ओली कप : उपाधिका लागि आज मछिन्द्र र सातदोबाटोबीच प्रतिस्पर्धा

काठमाडौं। केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटोबीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केपी एफसीलाई १-० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६-५ ले पराजित गर्दै फाइनलमा पुगि सातदोबाटो बीच प्रतिस्पर्धा हुन लागेका हो। आठ टोली सहभागी रहेको उक्त खेलमा एन्फा कम्पलेक्सको खेल Read More…

खेलकुद

भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीको पोल्टामा

झापा । प्रथम भद्रपुर झापा गोल्डकपको उपाधि विभागिय टोली त्रिभुवन आर्मी क्लब काठमाडौंले जितेको छ । मेची रंगशालामा आज भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्बललाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रथम भद्रपुर झापा गोल्डकपको उपाधि चुमेको हो । उपाधि रक्षा गरेसंगै आर्मीले नगद १३ लाख पाएको छ । यता मछिन्द्र क्बलले Read More…

खेलकुद

भद्रपुर झापा गोल्डकप : उपाधिका लागि आज मछिन्द्र र त्रिभुवन अर्मी बीच भिडन्त

झापा । प्रथम भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज दुई शसक्त टिम ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब र विभागिय टोली त्रिभुवन आर्मी क्लब बिच प्रतिष्पर्धा हुँदैछ । भद्रपुर नगरपालिकाको संरक्षणमा मेची रंगशालामा जारी प्रतियोगिता अन्तर्गत पहिलो संस्करणको उपाधि आफ्नो कब्जामा पार्न यी दुई टिम बिच फाइनल खेल आज दिउँसो साढे २ बजे हुन लागेको Read More…

खेलकुद

बुढासुब्बा गोल्डकप : पुलिसलाई पराजित गर्दै काँकडभिट्टटा सेमिफाइनलमा

धरान । धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाँच पटकको उपाधि विजेता नेपाल पुलिस क्लब २३औँ संस्करणबाट बाहिरिएको छ । धरान रङ्गशालामा भएको क्वाटरफाइनल खेलमा पुलिस क्लब काँकरभिट्टटा फुटबल ट्रेनिङ सेन्टरसित २–० गोलअन्तरले पराजित भएको हो । काँकरभिट्टटाका लागि पहिलो हाफको २०औँ मिनेटमा तथा दोस्रो हाफको ८१औँ मिनेटमा निशान लिम्बूले गोल गरेका थिए । खेलको Read More…

मनोरञ्जन

एक वर्षमा जेलमुक्त भए अभिनेता पल शाह

काठमाडौं । तनहुँको दमौलीस्थित जिल्ला कारागारमा एक वर्षदेखि जेल जीवन विताइरहेका अभिनेता पल शाह रिहा भएका छन् । आइतबार उच्च अदालत पोखराले शाहविरुद्ध नाबालिग बलात्कार अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दिएपछि उनी सोमबार सम्पूर्ण प्रक्रिया पूरा गरेर कारागारबाट रिहा भएका हुन् । उनलाई साथीभाई तथा आफन्तले फूलमाला, खादा, अविर लगाएर स्वागत गरेका छन् । गत Read More…

मनोरञ्जन

पल शाहलाई उच्च अदालतले दियो सफाइ, सोमबार रिहा हुने

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई उच्च अदालत पोखराले सफाइ दिएको छ । आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले सफाइ दिएको हो । सोमबार पल शाह रिहा हुने जनाइएको छ ।

संघ \संस्था

मेचीनगरबाट सुरु भयो ‘मेचीनगर अनलाइन’

धुलाबारी । युवा पत्रकार अर्जुन कार्कीको सम्पादकत्वमा मेचीनगर अनलाइनको प्रकाशन प्रारम्भ भएको छ । मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आज एक समारोहबीच मेचीनगर अनलाइनको विधिवत् उद्घाटन गरेका छन् । मेची उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा नगरप्रमुख बुढाथोकीले ल्यापटपमा क्लिक गरेर अनलाइनको उद्घाटन गरे । बिगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार कार्की यसअघि लोकतन्त्र पोस्ट, जनसंसद् Read More…

खेलकुद

भद्रपुर झापा गोल्डकप : एपीएपलाई पराजित गर्दै मछिन्द्र क्लब फाइनलमा

झापा । ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब झापाको भद्रपुरमा जारी प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा एपीएफ क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र क्बलले अन्तिम दुईमा स्थान बनाएको हो । अब उपाधिका लागि मछिन्द्रले मंगलबार त्रिभुवन आर्मीसंग खेल्नुपर्ने छ Read More…