कमल । झापाको कमल गाउँपालिका ३ स्थित केर्खा पब्लिक बोर्डिङ स्कूलको स्पोर्टस् मिट २०८० सम्पन्न भएको छ ।
विद्यायलले वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत विभिन्न प्रतियोगिताहरु आयोजना गरेको थियो जसमा यल्लोे हाउस प्रथम भएको छ । उसले २५ स्वर्ण, २६ रजत र ३० कांस्य सहित ८१ अंक प्राप्त गर्दै प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो ।

१८ स्वर्ण, ९ रजत र १० कांस्य सहित ३७ अंकका साथ ग्रिन हाउस दोस्रो र ८ स्वर्ण, १० रजत र १२ कांस्य सहित ३० अंकका साथ ब्लु हाउस तेस्रो भयो । त्यस्तै ८ स्वर्ण, १० रजत र ७ कांस्य सहित २५ अंकका साथ रेड हाउस सान्तवना भयो ।

विद्यालयले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरेको स्पोर्टस् मिट २०८०मा टेवलटेनिस, चेस, व्याटमिन्टन, दौड, म्याथ रेस, स्पोन रेस, थ्रेस एण्ड निडल रेस, कक फाइट, म्यूजिकल चियर, स्पाक रेस, चकलेट रेस, हट पोटाटो, बेलुन ब्लाष्टलगायतका खेलमा विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका थिए । माघ १५ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको प्रतियोगिाको विजेता विद्याथीहरुलाई आज एक कार्यक्रमका बिच विद्यालयले पुरस्कृत गरेको छ ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष कृष्णा आचार्य गौतमको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रम विद्यालयका फाउण्डर प्रिन्सिपल त्रिलोचन गौतम, खेल शिक्षक प्रशान्त आचार्यलगायतका शिक्षकहरुको उपस्थिती रहेको थियो ।


