खेलकुद

उपाधिका लागि नेपाल र भारत भिड्दै

विराटनगर । विराटनगरको सहिद रंगशालामा आज पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र छिमेकी राष्ट्र भारत भिड्दै छन् ।

प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यता रहने फाईनल खेल दिउँसो तीन बजे सुरु हुदैछ ।

दक्षिण एसियाली फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल भारतसंग पराजित हुँदै आएको छ । पछिल्लो समय भारतविरुद्व नेपालले भारतमा भएको हिरो गोल्डकप जितेको छ । जित संगै हौसिएको नेपाली टिम उच्च मनोबलका साथ घरेलु भुमीमा उपाधि रक्षा गर्न चाहन्छ । सधै दाबेदारको रुपमा सहभागिता जनाए पनि नेपालले उपाधी जिन्त सकेको थिएन ।

सुरुवाती तीन संस्करणमा फाईनलमा भारतसंग हारेको नेपालले पछिल्लो संस्करणमा भने सेमिफाईनलमा भारतसंगै पराजित भएको थियो ।

जारी प्रतियोगितामा लयमा रहेको नेपाली महिला फुटबल टिमले घरेलु भुमीमा भारत संगको ईतिहास पल्टाउदै उपाधी आफ्नो कब्जाम पर्ने योजनाका साथ मैदान उत्रदै छ । भारतले पनि आफ्ने बर्चस्व कायमै राख्न यो संस्करण पनि आफ्नै पकडमा पार्न चाहान्छ ।

नेपाल र भारत महिला फुटबल टिम १० पटक आम्ने साम्ने भईसकेका छन् । जसमा ७ खेल भारतले जितेको छ । दुई खेल बराबरी र पछिल्लो एक खेल नेपालले जितेको छ ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा खेलिएका ४ खेलमा तीन पटकको उपाधी भारतले आफ्नो कब्जामा परिसकेको छ । अघिल्लो महिना भारतममा आयोजना भएको हिरो गोल्डकपमा नेपालले भारतलाई २–१ ले हराएको थियो ।

Leave a Reply

Your email address will not be published.