


लिजा भण्डारी
मेचीनगर, कात्तिक २८ ।
घर तिर झिलीमिली होला नी आमा! तर यहाँ मेरो मनमा मात्रै दियो बल्यो,
कसरी ब्यथा पोखौं आमा! तिहार कसरी गयो ।
एक्लै ऎना हेरी हेरी देउसी भैलो गाए मैले र आफैलाइ सुनाए,
आफ्नो भाग्यमाथी आमा! आफै निकैबेर रिसाए ।
दिदिबहिनीको माया रङ्गिएन यो निधारमा,
सयपत्री र मखमली को माला सजिएन मेरो गलामा ।
सपनामा देख्या थे आमा! घर वरिपरि बलेको दियो,
चारैतिर खुशियाली र तिम्रो प्रेमको प्रकाश फैलिएको थियो ।
विपनामा थाहा पाए म त त्यहाँ रैन छु, रहेछु सात समुन्द्र पारी,
छोडी आएछु तिम्रो माया र परिवारको साथको भकारी ।
सबैको निधार रङ्गिएको देख्दा बहिनी! तिमीलाई मेरो सम्झना आउला,
रोकेर रोकिन्न त्यो बेदनाको धारा त्यो तिम्रो आँखाबाट झर्ला ।
(सबैमा तिहारको शुभकामना)







