बाहुण्डाँगी, २६ मंसिर । इटाहरी लेडी जेसीजको २०२१ का लागि गिता सुवेदी सर्वसम्वत निर्वाचित हुनु भएको छ ।
शुक्रवार सम्पन्न शाखाको १९ औँ शाखा अधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

शाखाको कार्यकारीणी उपाध्यक्षहरुमा पुष्पा अधिकारी र सुमिता कार्की, सचिवमा सुनिता दाहाल, उपाध्यक्षहरुमा सुनिता ढकाल, रिता राउत, चन्द्रकला गुरुङ र धनकुमारी राई निर्वाचित भएका निर्वाचन आयुक्त मिनु न्यौपानेले बताउनु भयो ।

अधिवेशन शाखाकी अध्यक्ष रोशना थापाको अध्यक्षमा सम्पन्न भएको थियो । कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरुको उल्लेखिय सहभागिता रहेको थियो ।




