काठमाडौं, पुष २ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ। अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बिहीबार ५ बजे परिषदको बैठक बोलाएका थिए।
प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी नहुने बताएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरुले समेत आपत्ति जनाएपछि परिषदको बैठक स्थगित भएको हो।

