खेलकुद

एम्बाप्पेको गोलमा पीएसजीको जित

एजेन्सी । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले १२ अंकको अग्रता लिएको छ । आईतबार राति भएको खेलमा सेन्ट ईटियनलाई १–० गोल अन्तरले पराजित गर्दै पीएसजीले लिग वानमा फराकिलो अग्रता लिन सफल भएको हो ।

पीएसजीको जितमा केलियन एम्बाप्पेले खेलको ७३ औ मिनेटमा विजयी गोल गरे ।

ड्यानी आल्भेसको पासलाई सदुुपयोग गर्दै एम्बाप्पले सिजनको १९ औ गोल गर्न सफल रहे ।

दोस्रो स्थानो लिलीले गोल रहित बराबरी खेलपछि शीर्ष स्थानको पीएसजीसंग अंक दुरी घटाउने मौका गुमाएको छ ।

पीएसजीले गत मंगलबार प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडलाई च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगको खेलमा २–० गोल अन्तरले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published.