संघ \संस्था

सुरुङ्गा जेसीजको तेस्रो महिला अध्यक्ष सुष्मा न्यौपाने

बाहुण्डाँगी । नेतृत्व तहमा महिलाहरुको सहभागिता कम हुन्छ भन्ने मान्यता सुरुङ्गा जेसीजमा अपबादका रुपमा रहन थालेको छ । युवाहरुको व्यक्तित्व र नेतृत्वको विकास गर्ने संस्था जेसीजमा एक पद, एक कार्यकाल र एक वर्ष हुने गरेको छ । जसमा महिला जेसीजमा आफै महिलाहरुले नेतृत्व गर्ने गरेका छन् । तर, खुल्ला नेतृत्व गर्ने अवसर रहेको जेसीज शाखाहरुमा महिला कमै मात्रमा नेतृत्व गर्ने अवसर हुन्छ । तर, झापाको मध्य भागमा रहेको सुरुङ्गा जेसीजमा एक पछि अर्काे महिलाले नेतृत्व गर्न थालेका छन् । जुन समाजका लागि एउटा गतिलो उदाहरण बनेको छ । २०१६ मा सरला पोखरेलले पहिलो पटक यस संस्थाको नेतृत्व गर्नु भएको थियो । त्यसपछि २०२१ मा आएर उषा उप्रेतीले दोस्रो महिला नेतृत्व गर्ने अवसर पाउनु भयो । सफल लिडरले असल नेतृत्व जन्माउँछ भन्ने जेसीजको मान्यतालाई यस वर्ष पुनः महिलालाई नै नेतृत्व गर्ने अवसर मिलेको छ ।


२०२२ का लागि तेस्रो अध्यक्षमा सुष्मा न्यौपानेलाई ल्याएको छ ।
बुधवार सम्पन्न तेस्रो बार्षिक साधारणसभा तथा स्थापना दिवसको अवसर पारेर न्यौपानेलाई सर्वसम्वत अध्यक्षमा निर्वाचित गरेको हो ।
यसैगरी कार्यकारीणी उपाध्यक्षमा नन्द मेनुका (उप्रेती) शिवाकोटी र दिपेन्द्र प्रधान तथा उपाध्यक्षहरुमा विवेक सिवाकोटी, रोहित कोइराला, पुष्पराज ढकाल, भीम राजवंशी, जनसम्पर्क अधिकारीमा खुश्बू (पौडेल) निर्वाचित भएका छन् ।


शाखाका अध्यक्ष उषा उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका कुमारमणि पोखरेल, सरला पोखरेल, जमिन तिम्सिना, कमल कट्टेल, मोतिखर ओझा, शिव कडेँल, निवर्तमान त्रिलोचन उप्रेतीलगायतले निर्वाचित कार्य समितिलाई बधाईसहित अबिर लगाएर शुभकामना दिनु भएको थियो ।
कार्यकारीणी उपाध्यक्ष टिकाराम भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव मेनुका उप्रेतीले गर्नु भएको थियो ।