बाहुण्डाँगी । बाह्रदशी जेसीजका लागि २०२२ को अध्यक्षमा पुष्पलाल धमला निर्वाचित हुनु भएको छ । शाखाको मंगलवार सम्पन्न पहिलो शाखा अधिवेशनले धमलालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । धमला शाखाका लागि पूर्ण स्वीकृत भएपछिको पहिलो अध्यक्ष तथा संस्थाका लागि दोस्रो अध्यक्षमा रुपमा निर्वाचित हुनु भएको हो । भलबारी महाधिवशेनबाट प्रस्तवित शाखाका रुपमा रहेको यो शाखाले यसै वर्ष पोखरा महाधिवेशनबाट पूर्ण स्वीकृतको अनुमति पाएको थियो । लामो समय भद्रपुर जेसीजमा अनुभव संगाल्नु भएका संस्थापक अध्यक्षमा विगम श्रेष्ठले नेतृत्व गरेर यस क्षेत्रका युवाहरुलाई समेटदै शाखाको स्थापना गर्नु भएको थियो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती र खगेन्द्र सुवेदी तथा उपाध्यक्षहरुमा नवराज दाहाल, तिर्थराज कोईराला, अनिल महतो र सदिक्षा खड्का निर्वाचित हुनु भएको छ ।

