बाहुण्डाँगी । बिराटनगर जेसिजको नव निर्वाचित बोर्डको पदस्थापना कार्यक्रम बिराटनगर स्थित होटेल इस्टन स्टार मा भब्य कार्यक्रमका साथ सम्पन्न भएको छ ।
बिराटनगर जेसिज बर्ष २०२१ का अध्यक्ष सिनेटर प्रदिप दाहालको अध्यक्षतामा सम्पन्न पदस्थापन कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर लालमणी भण्डारीको प्रमुख अतिथी रहनु भएको कार्यक्रममा बिराटनगर महानगर पालिकाका मेयर भिम पराजुली , बिराटनगर जेसिजका सस्थापक अध्यक्ष सिनेटर राजेन्द्र बहादुर श्रेष्ठ , नेपाल जेसिजका पुर्व अध्यक्ष तथा बिराटनगर जेसिजका पुर्व अध्यक्ष सिनेटर फुल कुमार लालवाणी , लगायतका अतिथी तथा विशिष्ट अतिथिको सहभागीता रहेको थियो ।

कार्यक्रम मा नेपाल जेसिजका महासचिव कृष्ण सापकोटा ,नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष सुनिल तिमल्सिना ,
राष्ट्रिय अध्यक्षका प्रेस सल्लाहकार हरिश भट्ट बिराटनगर जेसिजका पुर्व अध्यक्ष हरु , नेपाल जेसिजका विभिन्न शाखाका शाखा अध्यक्षहरु ,जुनियर जेसिज अध्यक्ष जिना शर्मा , विभिन्न संघ सस्थाका प्रतिनिधि पत्रकार लगायतको उपस्तिथि रहेको थियो ।
बिराटनगर जेसिजको निर्वाचन प्रकृयाका निर्वाचन अधिकृत उज्ज्वल खरेलले नव निर्वाचित बोर्डको नामावली बाचन गर्दै निर्वाचन अधिकृतलाई दिएको जिम्मेवारि पूरा गरेको जानकारी दिनु भयो ।
बिराटनगर जेसिज बर्ष २०२१ का अध्यक्ष प्रदिप दाहाल ले नव निर्वाचित बर्ष २०२२ का अध्यक्ष देवचन्द्र घिमिरे लाइ सपथ गराउदै जेसिज चेन हस्तान्तरण गर्दै पदस्थापित गराउनु भएको थियो भने बिराटनगर जेसिज बर्ष २०२२ का अध्यक्ष देवचन्द्र घिमिरेले आफ्नो कार्यकालका लागि मनोनित गर्नु पर्ने पदहरु सह सचिब मा सिद्धार्थ साह , कानुनी सल्लाहकारमा प्रीतेश दाहाल , कोषाध्यक्षमा सन्तोष आचार्य , महासचिवमा सुभाष भण्डारी लाई मनोनित गर्दै आफ्नो बोर्डलाई पुर्णता दिदै सपथ गराउनु भएको थियो ।
त्यस्तै विभिन्न अन्य पदहरु मा अवार्ड छनोट सयोजक उज्ज्वल खरेल ,रिकगोनाइजिङ सयोजक टि पि आचार्य ,सामाजिक परिचालन सयोजकमा पप्पु साह ,सघ सस्था समन्वय सयोजकमा रन्जन कुमार शाही ,स्वास्थ सयोजकमा गोमा भण्डारी ,महिला शक्तिकरण सयोजकमा पुजा शर्मा ,आर्थिक वृद्धि सयोजकमा गौरव नेपाल ,सदस्य वृद्धि सयोजक शिव शंकर मण्डल, सदस्य समन्वय सयोजक अभिषेक भट्टराई ,शाखा सम्पादकमा प्रशान्त घिमिरे
प्रकरण निर्देशकमा आर के मन्डल ,अन्तर शाखा संयोजक पंकज सापकोटा ,कर्पोरेट कोअर्डिनेटरमा अमित कर्ण लगायतलाइ मनोनित गर्नुभएको थियो ।
त्यस्तै बिराटनगर जेसिजका पुर्व अध्यक्षहरुको क्लब को अध्यक्षमा सुरेशलाल श्रेष्ठ रहनु भएको जानकारी पुर्व अध्यक्ष हरि बाहादुर श्रेष्ठले दिनु भएको थियो ।
पुर्व अध्यक्ष क्लबका अध्यक्ष सुरेशलाल श्रेष्ठले बिराटनगर जेसिजको बर्ष २०२२ को टिमलाइ सहयोग गर्न आफू तयार रहेको र बर्ष २०२२ लाई उत्कृष्ट बनाउन २०२२ को टिम सक्षम रह्ने बिश्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बिराटनगर जेसिज युवाहरुको नेतृत्व र ब्यक्तित्व बिकास गराउने कार्यमा अब्बल रहेको र पचासौ वसन्त पुग्न लागेको बिराटनगर जेसिजलाइ सहयोग गर्न आफू सदैव तयार रहेको र स्वर्ण जयन्तीको अवसरमा बिराटनगर जेसिजले पुनर्निर्माण गर्न लागेको सभाहलका लागि बिराटनगर महानगर पालिका सहयोग गर्न तयार रहेको बताउनु भयो ।
नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर लालमणी भण्डारीले बिराटनगर जेसिज मोफसलको पुरानो शाखाहरु मध्ये एक भएकाले आगामी दिनमा बिराटनगर जेसिजले पुर्याउने योग्दान उच्च हुनु पर्ने मा जोड दिदै बिराटनगर जेसिजले परिकल्पना गरेको जेसिज गाउँ निर्माणका लागि नेपाल जेसिजको तर्फ बाट पनि सहयोग गर्न तत्पर रहेको अवगत गराउदै , बढि भन्दा बढी युवालाई जेसिजको अभियानमा जोड्दै ब्याक्तित्व र नेतृत्व बिकास गर्दै अघि बढाउने मा आफू बिस्वस्त रहेको बताउनु भयो ।।
त्यस्तै सस्थापक अध्यक्ष राजेन्द्रबाहदुर श्रेष्ठले बिराटनगर जेसिजको गरिमालाई कायम राख्दै अहिलेको अवस्था सम्म आइ पुग्न सहयोग गर्ने सबैलाइ धन्यवाद दिदै बिराटनगर जेसिजलाई अझ गतिशिल बनाउन आफू जहाँ भए नि योगदान दिन तयार रहेको बताउनु भयो ।
त्यस्तै नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालवाणीले बिराटनगर जेसिजको गरिमालाई कायम राख्न अबको नेतृत्व सक्षम हुनु पर्ने र गत बर्ष अधुरो रहेको सपना नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा जिताएर ल्याउन दिलो ज्यान दिएर लाग्न बर्ष २०२२ को बोर्डलाइ सक्रिय रहने बिश्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रममा बर्ष भरी उत्कृष्ट कार्य गर्ने सदस्यहरुलाइ पुरस्कृत गरिएको थियो । उत्कृष्ट बोर्ड सदस्य अवार्डबाट कबिराज दाहाल सम्मानित भए भने निमा अवार्डबाट अमित अग्रवाल सम्मानित भए । कम्युनिटी प्रोग्राम कोअर्डिनेटर तर्फको अवार्ड दिपा शाहले प्राप्त गरिन भने सुर्य कस्तुरी अवार्ड बाट शिव शंकर मण्डलले प्राप्त गरे । त्यस्तै जेसि मेमोरियल अवार्ड प्रशान्त घिमिरेले प्राप्त गरे ।
त्यसै गरि बर्ष भरी विभिन्न महिनामा उत्कृष्ट कार्य गर्ने सदस्य मध्ये जेसिज अफ द मन्थ बाट जनवरी मा रमेश अधिकारी , फेब्रुअरी मा बिकास रौनियार , मार्चमा मिलाप कर्ण , अप्रिलमा दिपा शाह , मे मा अमीत अग्रवाल ,जुनमा प्रशान्त घिमिरे , जुलाइ मा राजन पराजुली , अगस्टमा गौरब नेपाल , सेप्टेम्बरमा अमरनाथ साह , अक्टोबरमा राजिब तपडिया , नोभेम्बरमा स्वरुप खनाल र डिसेम्बरमा पृतेशराज दाहाल सम्मानित भए ।
पहिलो सत्रको संचालन बिराटनगर जेसिजका बर्ष २०२१ का महासचिव कबिराज दाहाल ले संचालन गर्नु भएको थियो भने दोश्रो सत्र नव नियुक्त महासचिव सुभाष भण्डारीले संचालन गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रबेश दुलालले दिनु भएको थियो भने , कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई नव निर्वाचित वरिष्ठ कार्यकारिणि उपाध्यक्ष अभिनाष थापाले धन्यवाद मन्तव्य ब्यक्त गर्नु भएको थियो ।।

