खेलकुद

डिपिएलका उत्कृष्ट युवा खेलाडी दक्षिण अफ्रिका जाने


धनगढी / डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी र स्पोर्टस् एडको संयुक्त पहलमा इमर्जिङ स्टार टोलीलाई दुई साताको लागि दक्षिण अफ्रिका भ्रमणमा लगिन लागिएको हो । डिपिएलको समाप्तीपछि १४ सदस्यीय खेलाडीको घोषणा गरिने बताइएको छ । डिपिएल शनिबार सकिनेछ । 

डिपिएलका सद्भावना दुत दक्षिण अफ्रिकाका पूर्व क्रिकेट खेलाडी जोन्टी रोड्सले नेपाली युवा खेलाडीका लागि भ्रमण महत्वपूर्ण हुने बताएका छन् । डिपिएल इमर्जिङ स्टारले दक्षिण अफ्रिका प्रान्तिय र स्थायिन उमेर समूहका खेलाडीको टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published.