संघ \संस्था

पाटन जेसीजको विविध कार्यक्रमसहित जेसीज सप्ताह २०२२ सम्पन्न

बाहुण्डाँगी । पाटन जेसीज र नेपाल छयरोग निवारन संस्था, ललित्पुरको संयुक्त आयोजनामा जेसीज सप्ताह २०२२ सम्पन्न भएको छ । साउन ८ गतेबाट शुरु भएको सप्ताहव्यापी कार्यक्रम सावन १४ गते समापन भएको हो । सप्ताहव्यापी कार्यक्रम पाटन उच्च माविमा भएको हो । नयां पुस्ता देशका कर्णधार भएको हुदा बिधार्थीहरु लाई लक्षीत गरी अन्तर बिधालय इस्तर कार्यक्रम आयोजना गरिएको पाटन जेसीज २०२२ का अध्यक्ष जेसी प्रवेश मल्लले जानकारी दिनुभयो ।
पहिलो कार्यक्रम क्षयरोग निवारणमा बिधार्थीहरुको भुमिका शिर्षकमा निबन्ध कार्यक्रम प्रतियोगिता सम्पन्न भएको थियो । डा। सन्त विर मर्हजन प्रतियोगिताको निर्णयक हुनुहुन्थ्यो ।
त्यस्तै दोस्रो कार्यक्रम चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । उक्त कार्यक्रममा वरिष्ठ चित्रकार वस्त गोपाल बैद्य निर्णयक हुनुहुन्थ्यो ।

तेस्रो दिनको कार्यक्रम अंतर्गत ‘जेसीज र समाज’ शिर्षकमा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा निर्णयक मण्डलमा नेपाल औषधी व्यवसायी संघ ललितपुरका अध्यक्ष इन्द्र विर महर्जन, पाटन जेसीज २०११का अध्यक्ष जेसी राकेश भक्त मुल्मी र पाटन जेसीज २००५का अध्यक्ष जेसी अरुण शंकर बैद्य रहनुभएको थियो ।
चौथो दिनको कार्यक्रममा आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी ललितपुरका प्रशिक्षक दिबेश कार्किले प्रशिक्षण दिनुभएको थियो ।
पाचौं कार्यक्रम अंतर्गत उद्घोषण कला प्रशिक्षण सम्पन्न भएको छ । उक्त कार्यक्रममा किर्तिपुर जेसीजका पुर्व अध्यक्ष तथा नेपाल जेसीजका पुर्व राष्ट्रिय कोषाध्यक्ष जेसी हर्षमान महर्जनले प्रशिक्षण दिनुभएको थियो ।
छ्रैठौं कार्यक्रम अंतर्गत क्षयरोग सम्बन्धी जनचेतना जानकारी दिइएको थियो । नेपाल क्षयरोग निवारण संस्था केन्द्रीय कार्यलयका निरज डिसी ले क्षयरोग सम्बन्धी जानकारी दिनुभएको थियो ।
जेसीज सप्ताहको सातौ दिन चीत्रकला प्रदशनी साथै पुरस्कार तथा समापन समारोह रहेको थियो जस्को प्रमुख अतिथि बागमती प्रदेस, संस्कृति तथा पर्येटन मंत्री हुनुहुन्थ्यो । साताव्यापी कार्यक्रम विभिन्न १० वटा बिधालयका बिधार्थिहरुको सहभागीता रहेको थियो ।
जेसीज सप्ताहका मुख्य संयोजक पाटन जेसीज २०२२ का उपाधक्ष्य जेसी रश्मी तण्डुकारले गर्नुभएको हो । त्यस्तै जेसी निसिमा जोशी, जेसी रोहील मर्हजन, जेसी बर्षा जोशी, जेसी रविन श्रेष्ठ, जेसी श्रेया अमात्य, जेसी अनुष्का श्रेष्ठ र जेसी जश्मीन जोशीले कार्यक्रममा सह संयोजकतो गर्नुभएको थियो । पाटन जेसीज २०२२का अध्यक्ष जेसी प्रवेश मल्लले सप्ताहव्यापी कार्यक्रमको लागि सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद ब्यक्त गुर्नभयो ।