संघ \संस्था

हरेक सोमवार स्वास्थ्य शिविरसँगै तिर्थालुलाई पानी वितरण गर्दै जेसीज शाखाहरु

बाहुण्डाँगी । मानवताको सेवा जीवनको सर्वाेत्तम कार्य भन्ने नारालाई आत्मासाथ गर्दै जेसीजका विभिन्न शाखाहरुकोृ सयुक्त आयोजनामा नेपालकै प्रशिद्ध धार्मिक स्थल देवघाटधाममा हरेक सोमवार स्वास्थ्य शिविरसँगै पानी वितरण गर्दै आएको छ । सुरुको अवस्थामा चितवन, नवलपुर र तनहुँका केही शाखाहरुको सहकार्यमा आयोजना हुँदै आएको उक्त कार्य तेस्रो हप्ता पुग्दा देशका विभिन्न शाखाहरु समेत जोडिएका छन् । सामाजिक क्षेत्रसँगै मानविय अभियानमा जोडिएको जेसीजले साउन महिनाको हरेक सोमवार देवघाटधाममा आउने तिर्थालुको स्वास्थ्यलाई मध्यनजर गर्दै सोही ठाउँमा स्वास्थ्य शिविरको आयोजना गरेको हो । यो अभियानमा सुरुमा २४ वटा शाखाको सहभागिता रहेको थियो भने तेस्रो सोमवार अर्जुनधारा, चम्पापुर, लेखनाथ, पोखरा, पोखरा लेडी, बस्तीपुर, पालुंग, बसामाडी जेसीज जोडिएका छन् ।
यो भन्दा अघि नारायणगढ, नारायणगढ लेडी, रत्ननगर, गीतानगर, शारदानगर, बीसहजार, पर्साखैरेनी, सौराह, सौराह लेडी, माडी, कालिका, राप्ती, गैडाँकोट, रजहर, देवचुली, नवलपुर, व्यासनगर, शुक्लागण्डकी, गोर्खा, लमजुंग, म्याग्दी, देवघाटधाम प्रस्तावि, भानुबन्दीपुर प्रस्तावित र बुलिंगटार प्रस्तावितले अभियान सुरु गरेको देवघाटधाम प्रस्तावित का संस्थापक अध्यक्ष विकास सापकोटाले बताउनु भयो ।
देवघाटधाममा दर्शन तथा स्नान गर्न आहुनुहुने धर्मालम्वीहरुको स्वास्थ्य अवस्थालाई ख्याल गरी निःशुल्क स्वास्थ्य शिविर र पानी वितरण गरिएको हो ।

शिविरमा पुस्पाञ्जली अस्पताल भरतपुरको प्राविधिक सहयोगमा डा. विश्वास गुरुङको मेडिकल टिमको नेतृत्वमा स्वास्थ्य चेकजाँच गर्नुका साथै आवश्यकता अनुसार औषधि वितरण गरिएको नारायणगढ जेसीजका अध्यक्ष तथा यो अभियानका व्यवस्थापक अमृत श्रेष्ठले बताउनु भयो ।

जेसीजको यस खाले सामाजिक कार्यबाट देवघाटधाममा दर्शन तथा स्नान गर्न आहुनुहुने धर्मालम्वी बर्तालुहरुले खुसी व्यक्त गरेको कुरा गैंडाकोट जेसीजका अध्यक्ष जेसी शंकर अधिकारीले बताए ।

यस कार्यक्रमका व्यवस्थापक नारायणगढ जेसीज शाखा अध्यक्ष जेसी अमृत कुमार श्रेष्ठले नेपाल जेसीज क्षेत्र ख अन्तर्गतको निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी कुष्ण बहादुर श्रेष्ठको विशेष उपस्थिति सहित सबै शाखाहरुका जेसीज अध्यक्ष संगै अन्य सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको बताए ।
यो शिविर तथा पानी वितरण साउन महिनाको अन्तिम सोमवार सम्म सञ्चालन गरिनेछ ।