बाहुण्डाँगी । अर्जुनधारा जेसीज वर्ष २०२२ को जेसीज सप्ताह सोमवारबाट सुरु भएको छ । सप्ताहको उद्घाटन समारोहमा साउनको अन्तिम सोमवार पारेर पूर्वको प्रशिद्ध धार्मिक स्थल अर्जुनधारा मन्दिरमा सर्वत तथा पानी वितरण गर्नुका साथै पुजा समापन पछि मन्दिर परिसर सरसफाइ गरिएको थियो । मन्दिरमा आगन्तुक तिर्थालुहरुको भिडलाई सहजीकरणसहित पानी वितरण र सरसफाइको आयोजना गरिएको हो ।

सप्ताह अन्तर्गत शेयरबजार सम्बन्धी तालिम, विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, बृक्षारोपण, हाजिरीजबाफ प्रतियगिता, ट्राफिक सचेतना कार्यक्रमसहित सप्ताह सम्पन्न गर्ने शाखाका अध्यक्ष भिमबहादुर कुँवर राजुले बताउनु भयो ।



