देबु बानियाँ
बाहुण्डाँगी । शुक्रवारबाट सुरु हुन लागेको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनमा सहभागी भएर सम्मेलन सफल बनाउन सबै जेसीजकर्मीलाई शाखा अध्यक्ष शैलेन्द्र भट्टले आग्रह गर्नु भएको छ । सम्मेलनको तयारीका बारे हाम्रो खबरपार्टीसँग कुराकानी गर्दै आतिथ्यता शाखाका अध्यक्ष समेत रहनु भएका भट्टले सम्मेलनको सबै तयारी पुरा भएको र अब उद्घाटन दिनको पर्खाइमा रहेको बताउनु भयो । उहाँले केही प्राविधिक काम बाहेक अन्य काम सम्पन्न भएको र यो सम्मेलन अन्य वर्षहरु भन्दा पृथक रहने बताउनु भयो ।

‘ऐतिहासिक नगरी गोर्खामा स्वागत छ गर्न आतुर छौँ ’ – अध्यक्ष भट्टले भन्नु भयो ‘तपाईहरुको दुई दिनको बसाइमा कुनै असहज हुनेछैन । गोर्खा आफैमा ऐतिहासिक र पर्यटकीय नगरी हो, त्यसमा पनि हामीले सम्मेलनलाई फरक तरिकाबाट सञ्चालन गर्ने तयारीमा छौँ । सबै कार्यक्रमहरु समयमै हुनेछन् । ’
अध्यक्ष भट्टले सम्मेलनको मुख्य आकर्षकका रुपमा रहेको थिम सेमिनारमा नेपाली कांग्रेसका नेता प्रदिप पौडेल र हास्यकलाकार सुवोध र एकराज पन्त वक्ता रहेको बताउनु भयो । गोर्खा संग्रालयमा हुन लागेको सम्मेलनका तयारीका लागि यहाँका सामाजिक संघ संस्था राजनीतिक दल तथा स्थानीयको समेत उत्तिकै सहयोग रहेको उहाँले बताउनु भयो ।

सम्मेलननको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको अध्यक्ष भटट्ले बताउनु भयो ।
यस सम्मेलनमा क्षेत्र ख का ३९ वटा शाखाका करिब ७ सय जेसीजकर्मी सहभागि हुने उहाँले जानकारी दिनु भयो ।
क्षेत्र ख का लागि निरुपित कार्यकारीणी उपाध्यक्ष सुनिल तिम्सिना, निरुपित उपाध्यक्षहरु रश्मि बस्नेत, कृष्ण श्रेष्ठ र नरेशचन्द्र ओझा रहनु भएको छ । सम्मेलनका लागि निर्देशकमा भगवानबाबु मास्के तथा पूर्व अध्यक्षहरुलाई विभिन्न जिम्मेवारी रहेको छ ।

